सेञ्चुरी बैंकले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धक सिभिल क्यापिटल

बिहीवार, जेष्ठ ६, २०७३ साल,
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले निष्काशन गर्ने ३० प्रतिशत हकप्रद शेयरको लागि बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटलसँग सम्झौता गरेको छ।
 
नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको नयाँ निर्देशन अनुसार बैंकले इक्रा रेटिङ्ग नगरी हकप्रद शेयर निष्काशन गर्न सक्ने भएकोले हकप्रद शेयर निष्काशन गर्न चाँडै नै धितो पत्र बोर्डमा विवरणपत्र दर्ता गर्ने तयारी गरेको छ। धितोपत्र बोर्ड तथा नियमन निकायबाट स्वीकृति प्राप्त भएमा २०७३ असार मसान्तसम्ममा नै हकप्रद शेयरको लागि आवेदन लिने व्यवस्था बैंकले गर्दैछ।
 
आर्थिक वर्ष २०७२-७३ को चैत्र मसान्त सम्म यस बैंकले कुल निक्षेप २६ अर्व संकलन गरी २२ अर्ब ८३ करोड रुपैयाँ कर्जा परिचालन गरी ३४ करोड ५० लाख सञ्चालन मुनाफा र २३ करोड २४ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
 
२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा एटीएम ८ वटा शाखारहित बैंकिङ्ग र दुईटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411