​पश्चिम विकट गाउँमा वित्तीय सेवा विस्तार गर्न नेपाल इन्भेष्टमेन्ट बै‌ंक र सक्षम संस्थाबीच संझौता

बुद्धबार, जेष्ठ ५, २०७३ साल,
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैैंक र सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमबीच सुदुर र मध्य पश्चिममा वित्तीय सेवा विस्तार गर्ने सम्झौता भएको छ । यी दुई सस्थाबीच बुधबार वित्तीय सेवा विस्तार गर्ने संझौता भएको हो । 
 
सक्षमको आर्थिक तथा प्राविधिक सहयोगमा इन्भेष्टमेन्ट बैंकले कालिकोटको नाङ्मामा एक्सटेन्सन काउन्टर खोल्ने र अछाम, बझाङ, बाजुरा, दार्चुला र डोटीमा २८ वटा शाखारहित बैकिङ इकाई खोल्नेछ ।

एक्सटेन्सन काउन्टरको उद्घाटनसँगै नेपाल इन्भेष्टमेन्ट बैंक नाग्मा कालिकोटमा वित्तिय सेवा पु¥याउने पहिलो निजी बाणिज्य बैंक बन्नेछ । बैंकको उपस्थितिपछि नाग्मा बजार, कालिकोटमा बचत, ऋण, विप्रेषणको साथै अन्य वित्तीय सेवाहरु उपलब्ध हुनेछन् । 
 
शाखारहित बैकिङ सेवाको विस्तार सक्षम कार्यक्रमको शाखारहित बैकिङ मार्फत वित्तीय पहुँच विस्तार गर्ने पहल अन्तर्गत हुन लागेको हो । सक्षमको आर्थिक सहयोगमा विभिन्न बाणिज्य बैंकहरुले भुकम्प प्रभावित १४ जिल्ला र मध्य र सुदुर पश्चिममा ४१४ शाखारहित बैकिङ इकाइहरुको स्थापना गर्न लागेका छन् ।
 
बैंकले ४६ वटा शाखा र  ३९ शाखारहित बैंकिङ इकाइ रहेका छन् । यी शाखारहित बैंकिङ इकाई मार्फत २२ हजार भन्दा बढी ग्राहकहरुले सेवा प्रयोग गरिरहेका बैंकले जनाएको छ । 
 
सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बेलायत सरकार र नेपाल सरकार बीचको द्घिपक्षीय सहयोगमा लुइस बर्जरद्घारा अन्य संस्थासगँको सहकार्यमा कार्यान्वयन भईरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411