नेपाल एसबीआईको तीन नयाँ बचत योजना

शुक्रबार, फागुन १५, २०७१ साल,
काठमाडौं । नेपाल एसबीआई बैङ्कले तीन नया“ बचत योजना ल्याएको छ । बैङ्कले एनएसबीएल बाल बचत, ‘कर्णधार बचत र एनएसबीएल कोम्बो सेभिङ योजना ल्याएको हो । बालबालिकामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले यी बचत योजना प्रचलनमा ल्याइएको बैङ्कले बताएको छ । 

एनएसबीएल बाल बचत र कर्णधार बचत खाता न्यूनतम रू. ५ सय १ मा खोल्न सकिने र दैनिक मौज्दातमा ३ प्रतिशतका दरले ब्याज हरेक ३/३ महीनामा खातामा जम्मा हुनेछ । खातामा निःशुल्क मोबाइल, इण्टरनेट बैङ्किङ सुविधाका साथै एटीएम कार्ड जारी गर्दा विशेष छूट दिने पनि बताएको छ । 

साथै बाबु–आमा/अभिभावकको खाताबाट एनएसबीएल बाल बचत खाता तथा कर्णधार बचत खातामा रकम रकमान्तर गर्ने निर्देशन दिँदा छूट प्रदान गरिनेछ । 

एनएसबीएल कोम्बो सेभिङ स्किम बैङ्कको साधारण बचत खाता तथा मोबाइल बैङ्किङ सेवाको मिश्रित रूप भएकाले शून्य मौज्दातमा खोल्न सकिने खाता हो । यस खातामा ग्राहकले निःशुल्क इण्टरनेट बैङ्किङ सुविधाका साथै साधारण बचत खातामा भन्दा थप ब्याज प्राप्त गर्ने बैङ्कको विज्ञप्तिमा उल्लेख छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411