​प्रभु बैंकले थाल्यो बिहानी सेवा, निक्षेप संकलन र चेक सटही हुने

मंगलवार, जेष्ठ ४, २०७३ साल,
काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गत आइतबारदेखि बिहानी सेवा सुरु गरेको छ।  ग्राहकको सुविधालाई ध्यानमा राखी मुख्य शाखा कार्यालय बबरमहलबाट प्रभातकालीन (बिहानी) काउण्टर सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। बिदाका दिन बाहेक आईतबारदेखि शुक्रबारसम्म यो प्रभातकालीन सेवा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ।
 
 प्रभातकालीन काउण्टर सेवा अन्तर्गत ग्राहकहरुबाट निक्षेप संकलन तथा चेकको भुक्तानी हुनेछ। बिदाको दिनमा प्रभातकालीन सेवा उपलब्ध नभए पनि बैंकका अन्य सेवा भने यथावतै सञ्चालन हुनेछन्।
 
हाललाई मुख्य शाखा कार्यालयबाट सुरु भएको यो प्रभातकालीन काउण्टर सेवाग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा बैंकका अन्य शाखा कार्यालयहरुमा समेत सञ्चालनमा ल्याउने बैंकको योजना रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411