​एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण रिसाल नियुक्त

सोमबार, जेष्ठ ३, २०७३ साल,
काठमाडौं । एन आई सी एशिया यस बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा लक्ष्मण रिसाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले रिसाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ । 

रिसाल विगत एकबर्षदेखि एन आई सी एशिया बैंकमा नै कामु् प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

एनआइसी एसिया बैंकमा १२ बर्षसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका शसिन जोशी नबिल बैंक गएपछि एनआइसी एशिया बैंकमा प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको थियो । 

उनिसँग विगत २६ वर्षदेखि बैंकिंग तथा विमा क्षेत्रमा विभिन्न पदमा नेतृत्वदायी भूमिकाहरुमा रहि कार्य सम्पादन गरेको अनुभव रहेको छ । एनआईसी मर्ज हुनुअघि पनि रिसाल बैङ्क अफ एशियाका कामु प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

उनी बैंकको प्रमुख सञ्चालक अधिकृत भएपछि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भएर गएका थिए । त्यहाँ एक बर्षजति काम गरेपछि उनी तत्कालिन बैंक अफ एसिया नेपालका महाप्रबन्धक भए ।

एनआईसी बैंकले आ व २०७२-७३ को चैत्र मसान्तसम्म कुल निक्षेप रु ६४.१४ अर्व र कर्जा रकम रु ५२.४९ अर्व परिचालन गरी रु ९२.६५ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०५५ साउन ५ गते स्थापना भई २०७० आषाढ १६ गते तत्कालिन एन आई सी बैंक तथा बैंक अफ एशिया आपसमा मर्ज भै एन आई सी एशिया बैंकको रुपमा सँञ्चालन हुदै आएको यस बैंकको रजिष्ट्र्रड कार्यालय काठमाडौं ११ स्थित ट्रेड टावर भवन थापाथलिमा रहेको छ ।  बैंकले ६७ वटा शाखा तथा ६९ वटा एटिएम मार्फत ग्राहक समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411