​जनता बैंकले नेपाल क्लियरिङ हाउससँग विद्युतीय भुक्तानी प्रणाली सम्झौता गर्यो

बिहीवार, बैशाख ३०, २०७३ साल,
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले जनता बैंकसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीका लागि सम्झौता गरेको छ ।सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र जनता बैंकका  प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैकले अन्तरबैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनको प्रणाली पाउनेछ । प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थामा रहेका ग्राहकको कुनै पनिखातामा भुक्तानी दिने र लिने लगायतका कारोबार सञ्चालन हुनेछ ।

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सनरतलब भुक्तानी, रेमिटेन्स लगायतका भुक्तानी दिने तथा लिने सेवा यो सहज हुनेछ ।

यो प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने र सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411