​एनएमबी बैंकले ९ महिनामा ७७ करोड रुपैया कमायो, नाफा ९२ प्रतिशतले वृद्धि

बुद्धबार, बैशाख २९, २०७३ साल,
काठमाडौं । एनएमबी बैंक लिमिटेडको ४ अर्ब १५ करोड लाख रुपैयाँ चुक्ता पँजी भएको बैंकले तेस्रो त्रैमासमा खुद मुनाफा ७७ करोड ११ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत बर्षको तेस्रो त्रैमासमा भन्दा ९२ दशमलब ७५ प्रतिशतले बढी हो । गत बर्षको तेस्रो त्रैमासमा बैंकले ४० करोड ५ लाख रुपैंयाँ बराबरको खुद मुनाफा कमाउन सफल भएको थियो ।

बैंकले निक्षेपमा ७१ दशमलब ८३ प्रतिशतले वृद्धि गरी ५७ अर्ब ४५ करोड ३८ लाख रुपैयाँको संकलन गरी कर्जामा ४८ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ७७ दशमलब ९७ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन मुनाफा ४८ दशमलब ४५ प्रतिशतले बढेर ८६ करोड ७२ लाख रुपैयाँ रहेको छ । संभावित जोखिम सम्पति २९ करोड ९७ लाख रुपैयाँ राखिएको छ भने संभावित जोखिम सम्पति फिर्ता ३१ करोड २१ लाख रुपैयाँ उठाएको छ ।

बैंकको प्रति शेयर आम्दानी २४ दशमलव ७५ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीे अनुपात २४ दशमलव ६१ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ५७ दशमलव १० रुपैयाँ रहेको छ । बैंकको तरलता अनुपात २३ दशमलव ७२ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा १ दशमलव ७० प्रतिशत रहेको छ र जोखिम युक्त सम्पति ११ दशमलव ३७ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411