​सोल्टिले ४० प्रतिशत बोनस सेयर र १७.८९ प्रतिशत नगद लाभांश दिने

बुद्धबार, मंसिर ३, २०७१ साल,
काठमाडौं। सोल्टि होटेलले यसबर्ष पनि ४० प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीले १७.८९ प्रतिशत नगद लाभांश पनि दिने भएको हो। कम्पनीले आगामी पुष २७ गते हुने साधारण सभामा यो प्रस्ताव लैजादैछ। यो लाभांश हाल पार्न मंसिर २७ गतेसम्म कम्पनीको सेयर स्वामित्व हुने पर्ने छ।

कम्पनीले बोनस सेयर दिएपछि चुक्तापूँजी ४२ करोड १२ लाख रुपैयाँ पुग्ने छ। कम्पनीको हाल ३० करोड चुक्तापूँजी रहेको छ। कम्पनीले अघिल्लो बर्ष पनि ४० प्रतिशत बोनस सेयर र १२।६३ प्रतिशत नगद लाभांश दिएको थियो। कम्पनीले आफ्ना भौतिक संरचनाहरुको स्तरवृद्धि गरिरहेको छ।

कम्पनीको चालु आवको पहिलो त्रैमाशमा कुल आय १० प्रतिशतले वृद्धि भएको थियो। नाफा भने चार प्रतिशतले घटेर दुई करोड ६१ लाखमा सिमित भएको थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411