एनआईसि एशिया बैंकको नाफा ७५ करोड, प्रति शेयर आम्दानी २७ रुपैयाँ

आईतवार, बैशाख २६, २०७३ साल,
काठमाडौं। एनआईसि एशिया बैंकले यसवर्षको तेस्रो त्रैमासमा खुद मुनाफा अघिल्लो वर्षको तुलनाभन्दा ३२.२२ प्रतिशत वृद्धि गरी ७५ करोड ९५ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो बर्षको सोही अवधिमा ५७ करोड ४७ लाख रुपैयाँ कमाएकोे थियो ।

बैंकले जगेडाकोषमा २ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ राखिएको छ । निक्षेप तर्फ अघिल्लो वर्षको तुलनाभन्दा ३०.६१ प्रतिशतले वृद्धि गरी ६४ अर्ब १४ करोड ६० लाख रुपैयाँ संकलन गरी कर्जामा ५२ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी खुद व्याज आम्दानी १२.६० प्रतिशतले बढेर १ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ पुगेको छ र सञ्चालन मुनाफामा २१.६८ प्रतिशतले बढेर ९२ करोड ६५ लाख रुपैयाँ मुनाफा गरेको छ । बैंकले प्रोभिजन २० करोड ४२ लाख रुपैयाँ राखिएको छ भने २५ करोड ८० लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

बैंकको प्रति शेयर आम्दानी २७.४१ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीे अनुपात २८.५३ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १६९.३७ रुपैयाँ रहेको छ र तरलता अनुपात २५.२३ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा १.११ प्रतिशत रहेको छ र जोखिम युक्त सम्पति ११.७६ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411