​तेश्रो दिन पनि घट्यो सेयर बजार, ७३ करोड रुपैयाँको कारोवार

बिहीवार, बैशाख २३, २०७३ साल,
काठमाडौं । सरकार परिवर्तनको कसरत भएसँगै ओर्लिन सुरु गरेको सेयर बजार बिहिबार पनि घटेको छ। बुधबार ३.८४ अंकले घटेको बजार आज ४९८ अंकले घट्न पुग्यो। सो अंक घटेपछि परिसूचक १ हजार ४ सय ६३ अंकमा कायम भएको छ। 
 
यसअघि सोमबार सेयर बजारको परिसूचक हालसम्मकै उच्च अर्थात १ हजार ४ सय ७४ अंकमा पुगेको थियो। बिहीबार नेप्से परिसूचक घटेपनि  कारोबार  भने केही बढेको छ।  सेयर बजारमा ७३ करोड १७ लाख ८८ हजार ७ सय ५६ रुपैयाँको कारोवार भएको छ। बिहिबार नेप्से परिसूचकसँगै क बर्गका कम्वपनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १.०५ अंकले घटेर ३ सय १६.९६ अंकमा कायम भएको छ।
 
सेयरबजारमा बिहिबार १ सय ३३ कम्पनीको ८ लाख ६६ हजार २ सय ८२ कित्ता सेयर ३ हजार ७ सय ५९ पटक कारोबार भएको थियो। होटल समुहबाहेक अन्य सबै समुहका परिसूचक तल ओर्लिएका छन्।
 
होटल समुह २०.६८ अंकले बढेको छ भने उत्पादन क्षेत्र ३७.३६अंकले घटेको छ। कारोबारका आधारमा एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक र एनआइसी एसिया बैंक अग्रस्थानमा रहेका छन्। 
 
महाकाली विकास बैंक, एनआइडिसी क्यापिटल मार्केट र हामा मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् भने कसमस डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र रिलायन्स लोटस फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढि गुमाएका छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411