उच्च अंकको रेकर्डपछि नेप्से घट्ने क्रम जारी, आज पनि झण्डै ४ अंकले घट्यो

बुद्धबार, बैशाख २२, २०७३ साल,
काठमाडौं । सेयर बजारको परिसूचक घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। मंगलबार ३ अंकले घटेको बजार बुधबार ३.८४ अंकले घटेको छ। यो अंक घटेपछि बजारको परिसूचक १ हजार ४ सय ६८ अंकमा कायम भएको छ। यसअघि सोमबार सेयर बजारको परिसूचक हालसम्मकै उच्च अर्थात १ हजार ४ सय ७४ अंकमा पुगेको थियो। 
 
कारोबार सुरु भएको १ घण्टासम्म बजार दु्रत गतिले घट्दै १४ सय ५८ अंकमा आएको थियो। त्यसपछि बजार सम्हालिएको थियो। दुई दिनसम्म लगातार बजार घटे पनि लगानीकर्ताहरु संयम देखिएको पाइन्छ। दुबै दिनको कारोबारमा अन्तिम समयमा बजार सम्हालिएको छ।  
 
यस दिन १ सय २२ कम्पनीको ९ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७२ करोड ८९ लाख रुपैयाँको कारोबार भयो। यस दिन बैंकिङ समूह ५.२४ अंकले घटेको छ।
 
त्यस्तै हाइड्रो समूह ८.९५, बिमा समूह १.९२, अन्य समूह २.३५, विकास बैंक समूह २.८३ अंकले घटेको छ। होटल समूह १० अंकले बढेको छ भने फाइनान्स समूह झिनो अंकले बढ्यो। 
 
कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ। सो कम्पनीको ४ करोड ८८ लाख रुपैयाँको कारोबार भयो। सो कम्पनीको अन्तिम सेयर मूल्य ८ सय ७८ रुपैयाँ कायम भएको छ। 
 
नेपाल बैंकको ४ करोड १६ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भयो। केही दिनदेखि घटेको इन्भेष्टमेन्ट बैंकको अन्तिम सेयर मूल्य १ हजार १ सय २७ रुपैयाँ कायम भएको छ। एभरेष्ट, बंगलादेश र सिटिजन्स बैंकको पनि ३–३ करोड रुपैयाँ बढीको कारोबार भयो। 
 
समग्र बजार घटे पनि साझा विकास बैंकको सेयर मूल्य आज पनि उच्च दरले बढेको छ। सो कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ। केही दिनदेखि साझाको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढिरहेको छ। त्यस्तै हामा मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले पनि ९.६९ प्रतिशतले सेयर मूल्य कमाए। मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै साढे ६ प्रतिशतले मूल्य गुमाए।  

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411