​१० वर्षीय ह्याकरलाई १० हजार डलर पुरस्कार

बुद्धबार, बैशाख २२, २०७३ साल,
वासिङ्टन । सामान्यतया कुनै वेबसाइट ह्याक गर्नु अपराध हो तर कहिलेकाहीँ त्यस्ता ह्याकरहरु सम्बन्धित वेबसाइटका लागि बरदान साबित हुन्छन् । त्यसैले ह्याकरहरु पुरस्कारका हकदार पनि हुन्छन् ।

अचम्मको कुरा त यो छ कि, एक १० वर्षीय बालकले इन्स्टाग्रामका कमजोरी औंल्याएर ह्याक गरेकै भरमा १० हजार डलर पुरस्कार पाएका छन् ।

फिनल्याण्डका १० वर्षीय बालक जानीले इन्स्टाग्रामको एक सुरक्षा कमजोरीको फाइदा उठाउँदै ह्याक गरेका थिए । उनले एक ‘बग’ का माध्यमबाट इन्स्टाग्रामका अन्य प्रयोगकर्ताको टिप्पणी मेटाउन सकिने कमजोरी पत्ता लगाएका थिए ।

त्यसो त इन्स्टाग्राम चलाउनका लागि कानुनी रुपमा उनको उमेर पुगेको छैन । तर पनि उनले इन्स्टाग्राम प्रयोग गरेर त्यसमा रहेका कमजोरीलाई औंल्याउने काममात्र गरेनन्, पुरस्कारसमेत हासिल गरेका छन् । उनी ‘बग बाउन्टी’ पुरस्कार जित्ने सबैभन्दा कान्छा ह्याकर भएका छन् ।

इन्स्टाग्राम संचालन गर्दै आएको कम्पनी ‘फेसबुक’ ले यो कमजोरी उजागर हुनासाथ त्यसलाई सच्याएको छ । अधिकारीहरुका अनुसार जानीले नै फेसबुकलाई इमेल पठाएर सुरक्षामा रहेको कमजोरीबारे जानकारी गराएका थिए ।

त्यसपछि कम्पनीका सुरक्षा इन्जिनियरले जानीका लागि एक परीक्षण अकाउन्ट खोलिदिएका थिए, जसबाट उनले आफ्नो दाबी प्रमाणित गर्न सकुन् ।-एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411