धितोपत्र बोर्डको नयाँ नियम : अब हकप्रद र बोलकबोलमा बेच्ने सेयरको सुचना एफएम र अनलाईनमा पनि प्रकाशित हुने

मंगलवार, बैशाख २१, २०७३ साल,
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन तथा बोलकबोल मार्फत विक्री गर्ने सेयरमा नयाँ व्यवस्था गरेको छ । बोर्डले सेयर बिक्रीलाई थप प्रभावकारी बनाउन फरक फरक सञ्चार माध्यममा फरक फरक समयमा सूचना प्रकाशित गर्न निर्देशन दिएको हो । 
 
एक पटक वा एक सञ्चार माध्यममा मात्रै सूचना प्रकाशित गर्दा लगानीकर्ताले जानकारी पाउन कठिन भएको भन्दै बोर्डले कम्पनीको आफ्नो वेव साइट बाहेक न्युनतम सात वटा सञ्चार माध्यममा हकप्रद निष्काशनको सूचना प्रकाशित गर्न निर्देशन दिएको छ । 
 
हकप्रद निष्काशन भएको पहिलो साता कम्तिमा दुई वटा राष्ट्रिय स्तरको पत्रिका, दोस्रो साता एक राष्ट्रिय आर्थिक दैनिक, तेस्रो साता कम्तिमा दुई वटा प्रमुख अनलाइन र चौथो साता दुई वटा एफएम रेडियामार्फत सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । 

यस्तो सूचनामा हकप्रद सेयर खुल्ला भएको मिति, बन्द हुने मिति विक्री प्रबन्धकको नाम, हकप्रदको अनुपात जस्ता विषय खुलाउनु पर्नेछ । 
 
त्यस्तै बोलकबोलमा विक्री गर्ने सेयरको लागि पनि अनलाइन, आर्थिक दैनिक र एफएम रेडियो मार्फत सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411