​सेयर बजार साढे २ अंकले घट्यो, ९६ करोड रुपैयाको कारोबार

मंगलवार, बैशाख २१, २०७३ साल,
काठमाडौं । सेयर बजार मंगलबार घटेको छ। नेप्से २.५२ अंकले घट्दै बजारको अंक १ हजार ४ सय ७१ मा कायम भएको छ। 
यस दिन कुल ९६ करोड ८२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। १ सय ३३ कम्पनीको २३ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भयो। 
 
समूहगत रुपमा हेर्दा बिमा समूह सबैभन्दा धेरै अंकले ओर्लिएको छ। ६० अंकले बिमा समूह झर्दा बैंकिङ ०। ६, विकास बैंक ७.२३, फाइनान्स ०.१६ र अन्य समूह १.१८ अंकले घटे। होटल समूह १६.२६, हाइड्रो समूह २.९४ र उत्पादन समूह ३३.७३ अंकले बढेको छ। 
 
एभरेष्ट बैंकको सेयर कारोबार उच्च भएको छ। सो कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। उसको प्रतिकित्ता १६ रुपैयाँले मूल्य बढेको छ। यो मूल्य बृद्धिसँगै अन्तिम सेयर मूल्य २ हजार ९ सय ९१ कायम भएको छ। 
 
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। उसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ११ सय ४० मा झरेको छ। नेपाल बैंकको ४ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भई अन्तिम मूल्य ४ सय ५४ प्रतिकित्ता कायम भएका ेछ। एनएमबि बैंकको ४ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ। सो बैंकको अन्तिम सेयर मूल्य प्रतिकित्ता ६ सय ६५ रहेको छ। 
 
नाफाका आधारमा आज पनि साझा विकास बैंकका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको सेयर मूल्य ९.९ प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैयाँले बढेको छ। अरनिको डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.३७ प्रतिशतले बढेको छ। सेयर मूल्य गुमाउनेमा मिथिला लघुवित्त विकास बैंक, प्रोफेसनल दियालो विकास बैंक अगाडि रहेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411