​विश्वमा कसले गर्‍यो मोबाइल फोनमा पहिलो पटक कुराकानी ?

मंगलवार, बैशाख २१, २०७३ साल,
काठमाडौं । बिश्व इतिहांसमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसंग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ ।

त्यसको १० बर्षपछी मोटोरोलाले मोबाइल फोन बजारमा ल्यायो । जसको मुल्य थियो, दुइ लाख रुपैया । यही मोटोरोला मोबाइल फोनको हाल बजारमा छ अर्व उपभोक्ता रहेका छन् ।

मोटोरोलाको पहिलो हैंडसेटको नाम थियो डायना टीएसी । यसको ब्याट्रीलाई एकचोटी रिचार्ज गरेमा मात्र ३५ मिनेट मात्रै कुरा गर्न सकिन्थ्यो । यसको तौल ७ सय ९४ ग्राम सम्मको थियो ।

सन् १९८५ मा बेलायतका हांस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट वोडाफोनको कार्यालयमा फोन गरी बेलायतमा पहिलो पटक मोबाइल फोनको शुरुवात गरको इतिहास छ ।

यसपछी ओ–२ नामको मोबाइल सेटले आफनो सेवा सुरु गर्‍यो सोही सालमा । वोडाफोनको १० लाख ग्राहक बनाउनका लागि डेढ सालको समय लाग्यो ।

फ्रांसीसी ब्यबसायी फिलिप खानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नो नवजात छोरी सोफीको फोटो लिएसंगै क्यामरा जडान गरिएको मोबाइल फोनको सुरुवात गरियो ।

एरिजोनाको एक प्रतिष्ठानले सन् २००७ को सेप्टेम्बरमा कुकुरका लागि मोबाइल फोन बजारमा ल्यायो ।

करिब २५ हजार रुपैयाँ मुल्य पर्ने यो मोबाइलको जीपीएस सैटेलाइट सुबिधा भन्दा कम थियो ।

सन् १९९३ मा आयोजित वायरलेस वल्र्ड कम्फरेन्समा आई।बी।एम सिमान नामको पहिलो स्मार्टफोन बजारमा आयो ।

यसको सुरुवातीका दिनमा टचस्क्रीन वाला थियो । जसमार्फत इमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुकका रुपमा काम गर्ने खालको बनाइयो ।

यसैगरी मोबाइलमार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर १ सय ६० को सीमा सहितको नयाँ प्रविधि फ्रीडेलहम हेलीब्रान्ड नामका एक जर्मन इन्जिनियरले सुरु गरे ।

सन् २०१२ मा एक अर्व ७९ करोड वटा मोबाइल हैंडसेट बिक्री भयो । जसमा नोकिया, सामसुङ र एप्पेलका रहेका छन् ।

सन् २०११ म मोबाइल फोन उपभोक्ताहरुले डेढ सय अर्व एस।एम।एस पठाए । जसमा १२ देखि १५ बर्ष उमेर समूहका बालबालिकाको संख्या अत्याधिक थियो । -एजेन्सीको सहयोगमा

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411