​नेपाल टेलिकमले ५० प्रतिशतका दरले नगद लाभांश दिने

सोमबार, बैशाख २०, २०७३ साल,
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७१-७२ को आयकर पछिको १४ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ मुनाफा रकम मध्येबाट चुक्ता पुँजीको ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ। उक्त लाभांश रकम यही वैशाख २१ गतेदेखि शेयरधनीहरुलाई वितरण गरिने भएको छ ।
 
साधारण सभाले आर्थिक वर्ष २०७१-७२ को लागि अध्यक्ष एवं सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ। साधारण सभाले आर्थिक वर्ष २०७२-७३ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट नरेन्द्र भट्टराईलाई लेखापरीक्षक नियुक्त गरेको छ । 
 
त्यसैगरीे कम्पनीको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी शर्तहरु नेपाल सरकार, मन्त्रीपरिषद्बाट स्वीकृत निर्देशिकामा उल्लेख गरे बमोजिम हुने व्यवस्थालाई समेत सभाले पारित गरेको छ । 
 
कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले साधारण सभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको आठौं वार्षिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदन पेश गर्दै उनले आर्थिक वर्ष २०७१-७२ देखि कम्पनीले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड लागू गरेको र नेपालको परिप्रेक्ष्यमा सर्वप्रथम कम्पनीका वित्तीय विवरणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सफल भएको बताए। 
 
अध्यक्ष थपलियाले ग्रामीण क्षेत्रमा अप्टिकल फाइवर सञ्जाल विस्तार गरी डाटा सेवाको बिक्री वितरणमा प्राथमिकता दिने लक्ष्य अनुरुप घन् सेवालाई विस्तार गरिएको र नेटवर्क क्षमतालाई विस्तार गरी आकर्षक डाटा सेवा उपलब्ध गराउने प्रयासलाई जारी राखिने बताए। नियामक निकायबाट स्वीकृति पाउना साथ द्धन् सेवा उपलब्ध गराउने गरी कम्पनीले सम्पूर्ण तयारी गरेको बताउँदै कम्पनीको संगठनात्मक स्वरुपमा परिवर्तन गरी चुस्त दुरुस्त बनाउनको लागि कम्पनीको पुनःसंरचनाको कार्य अगाडि बढाइएको अध्यक्ष थपलियाले बताए। 
 
उनले मोबाइल सेवाका साथै डाटा सेवाको विस्तारको लागि वायरलाइन ब्रोडब्याण्ड तथा वायरलेस ब्रोडब्याण्ड सेवालाई देशव्यापी रुपमा प्रर्वद्धन गरिने तथा कम्पनीको दीर्घकालीन बजार विस्तारको लागि तयार गरिएको र यस अन्तर्गत आगामी दिनमा कम्पनीको मार्केट शेयर अधिकतम रुपमा बृद्धि गर्दै जाने लक्ष्य राखिएको बताए। 
 
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411