​नेप्से ९ अंकले बढ्यो, ७६ करोड रुपैयाँको कारोबार

सोमबार, बैशाख २०, २०७३ साल,
काठमाडौं । सोमबार नेप्से परिसुचक ९.५६ अंकले बढेर १ हजार ४ सय ७४.४७ अंक कायम भएको छ। त्यस्तै क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.१७ अंकले बढेर ३ सय १९.४४ अंक कायम भएको छ।
 
सोमबार पुँजी बजारमा १ सय २५ कम्पनीका ८ लाख ५१ हजार ७ सय ८६ कित्ता ३ हजार २ सय ९१ पटक किनबेच हुँदा ७६ करोड २५ लाख २० हजार ५ सय १९ रुपैयाँको कारोबार भएको छ। सेयर बजारमा सोमबार बित्त होटल र बिकास बैंकका परिसुचक घटेका छन् भने बिमा जलबिद्युत र बैंक समुहको परिसुचक बढेका छन्।
 
बिमा १ सय अंकले बढेको छ भने बैंक १३ अंकले बढेको छ तर होटल समुह २४ अंकले तल ओर्लिएको छ। सोमबार कारोबारका आधारमा स्ट्याण्डर्ड चार्टड बैंक, एभरेष्ट बैक र नबिल बैंक अग्रस्थानमा छन्। साझा बिकास बैंक, स्ट्याण्डर्ड चार्टड बैंक र लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने मिथिला लघुबित्त बिकास बैंक, तारागाउँ रिजेन्सी होटल र सिनर्जि फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411