​पौने ३ लाख लगानीकर्ताले खोले डीपी खाता

सोमबार, बैशाख २०, २०७३ साल,
काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताको संख्या यकिन नभए पनि सेयर खरिद बिक्रीका लागि २ लाख ७५ हजार ३९७ ले डिम्याट खाता खोलेका छन् । सेयर किन्दा वा बिक्री गर्दा डिम्याट खाता अनिवार्य भएकाले यो तथ्यांकलाई दोस्रो बजारका सक्रिय लगानीकर्ताको रूपमा मान्न सकिन्छ ।

सेयर बजार काठमाडौं केन्द्रित भएकाले एउटामात्र डिम्याट एकाउन्ट पर्याप्त हुन्छ । यद्यपि, केहीले दोहोरो एकाउन्ट खोलेका हुन सक्छन् । बढ्दो सेयर बजारमा लगानीकर्ताको संख्या पनि बढ्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से)का महाप्रबन्धक सीताराम थपलिया बताउँछन् ।

“डिम्याट खाताको संख्याले हालको बजारमा सक्रिय लगानीकर्तालाई बुझाउँछ,” उनले भने, “डिम्याट खाता खोल्न प्रक्रिया झन्झटिलो भएकाले करिब २ प्रतिशतमात्र दोहोरो खाता हुनसक्छ ।” थपलियाका अनुसार बजारमा सवा २ लाखजति लगानीकर्ता सक्रिय छन् । नेप्सेका अनुसार हाल दैनिक ५ हजारवटा कारोबार हुँदै आएको छ । निरन्तर सुधारको गतिमा रहेको सेयर बजार परिसूचक गत सातामात्र २३ अंकले बढेको छ ।

सेयर बजार बढ्दा लगानीकर्ताको संख्या पनि बढ्छ । बजार घटेसँगै लगानीकर्ता पनि लगानीका अन्य क्षेत्र खोज्छन् । हालको डिम्याट एकाउन्टका आधारमा बजारमा साढे २ लाख सक्रिय लगानीकर्ता रहेको प्रस्ट हुने सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए ।

अभौतिक सेयरको मात्र कारोबार सुरु भएको ४ महिना बितिसकेको छ । शुक्रबारसम्ममा केन्द्रीय निक्षेप सेवाले १७९ कम्पनीको ६५ करोड ५२ लाख ३६ हजार ७२६ कित्ता सेयरको अभौतिक अभिलेख (भौतिक सेयर प्रमाणपत्रलाई विद्युतीय रूप प्रदान गरेको) राखेको छ । तर, १९८ कम्पनी सेयर अभौतिक गराउन सीडीएसमा दर्ता भएका छन् ।  स्रोत स् कारोबार दैनिक

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411