​नेप्से साढे ६ अंकले उक्लियो, स्टाण्डर्डको उच्च कारोबार

बिहीवार, बैशाख १६, २०७३ साल,
काठमाडौं । साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक ६.५३ अंकले उक्लिएको छ। यस दिन सबै समूह बढेका छन्। क वर्गका कम्पनीहरुको सूचक १.३८ अंकले बढेको छ।
 
समूहगत रुपमा हेर्दा बिमा समूह सबैभन्दा धेरै १११ अंकले बढेको छ। त्यस्तै हाइड्रो समूह ९.७४, होटल समूह ८, विकास बैंक समूह ७.९, फाइनान्स समूह ५ र बैंकिङ समूह २.३२ अंकले बढेको छ।
 
यस दिन कुल १ सय २९ कम्पनीको १२ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ। ति सेयरहरुको किनबेचबाट ९६ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ।  स्टाण्डर्ड चार्टड बैंकको मात्रै १७ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। कम्पनीको अन्तिम सेयर मूल्य ३ हजार ५ सय ९५ मा कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा ९५ रुपैयाँ बढी हो। 
 
अबको कारोबार हुनुअघि नै कम्पनीको बुक क्लोज हुने भएकाले उसको सेयर कारोबार आज उच्च भएको हो। कम्पनीको साधारण सभा बैठकका कारण शनिबारदेखि उसको बुक क्लोज हुने भएको हो। कम्पनीले २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। कम्पनीको बोनस लाभांशकै कारण सेयर मूल्य पनि केही दिनदेखि उच्च दरले बढ्यो। 
 
त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड १० लाख रुपैयाँको कारोबार भयो। सो कम्पनीको अन्तिम सेयर मूल्य ३ हजार २ सय ४० रुपैयाँ कायम भएको छ। 
 
नाफाका आधारमा ताारागाउँ रिजेन्सी होटलका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँ अर्थात १० प्रतिशतले बढेको छ। त्यस्तै तिनाउ विकास बैंकका लगानीकर्ताले पनि ९.३८ प्रतिशतले सेयर मूल्य कमाए। मञ्जुश्री फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा बढी ६ प्रतिशत मूल्य गुमाए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411