नेप्से ५ अंकले बढ्दा, कारोबार रकम भने घट्यो

बुद्धबार, बैशाख १५, २०७३ साल,
काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको परिसूचक ५.२७ अंकले बढेको छ। अघिल्लो दिन ८ अंकले घटेको बजार यस दिन पनि कारोबार सुरु भएको आधा घण्टासम्म घट्यो। त्यसपछि उकालो लागेको बजार बन्द हुँदा १४ सय ५८ अंकमा कायम रहन पुग्यो। क वर्गका कम्पनीहरुको अंक १.१७ ले बढेको छ। 
 
अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ९९ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएकोमा आज ८६ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। यस दिन १ सय २९ कम्पनीको १३ लाख ४४ हजार कित्ता सेयर किनबेच भयो। बाणिज्य बैंकहरुको मात्रै यस दिन ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यस्तै विकास बैंक समूहको १९ करोड ६८ लाख तथा बिमा समूहको १४ करोड ८८ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो। 
 
यस दिन होटल, जलविद्युत र फाइनान्स समूह ओर्लिएका छन्। होटल समूह ४७,  जलविद्युत समूह ८ र फाइनान्स समूह ७ अंकले घटे। बिमा, विकास बैंक र बैंकिङ समूह उक्लिएका छन्। बिमा समूह ४८, विकास बैंक समूह १८ र बैंकिङ समूह ५ अंकले बढे।  कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १० करोड रुपैयाँ बराबरको कारोबार भयो। उसको अन्तिम सेयर मूल्य ३ हजार ९ सय २७ रुपैयाँ कायम भएको छ।
 
उत्कृष्ट कारोबारका आधारमा दोस्रोमा रहेको स्टाण्डर्ड चार्टडको ६ करोड ३६ लाखको कारोबार भयो। उसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३ हजार ५ सय रुपैयाँ कायम रहेको छ। नेपाल बंगलादेश बैंक, एनएमबी बैंक, नेसनल हाइड्रो पावर, नेपाल बैंक र एभरेष्ट बैंकको पनि ३–३ करोडभन्दा बढी रकमको सेयर कारोबार भयो।
 
सेयर मूल्य बृद्धिदरका आधारमा नागबेली लघुवित्त विकास बैंक र कसमस विकास बैंक अग्रस्थानमा रहे। ति कम्पनीहरुको क्रमशः ९.९९ र ९.८२ प्रतिशतले प्रतिसेयर मूल्य बढेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411