​गढीमाई मेला आजदेखि :एक महिनासम्म लाग्ने

सोमबार, मंसिर १, २०७१ साल,
काठमाडौं मंसिर १- विश्वप्रसिद्ध गढीमाई मेला सोमबारदेखि सुरु हुँदैछ। बाराको बरियापुरमा रहेको गढीमाई मन्दिरमा मेलाको तयारी भइरहेको छ। मेला सुरु हुने मिति सोमबार तोकिएको भए पनि तयारी भने पूर्ण रूपमा सकिएको छैन। मन्दिरमा दुई साताअगाडि देखि नै भक्तजनको भीड बढेको छ। एक महिनासम्म लाग्ने मेलामा देशभरमात्र नभई छिमेकी देश भारतका विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजन मन्दिर दर्शनका लागि आउने गरेका छन्।
 
मंसिर ११ गते पञ्चबली दिएर बली चढाउन सुरु गरिने मेला व्यवस्थापन समितिले जनाएको छ। पशुबली अन्त्य गरिनुपर्ने भन्दै आवाज उठिरहे पनि समितिले भने बली नरोकिने स्पष्ट पारेको छ। 
 
जनआस्थालाई आफूहरूले रोक्न नसक्ने समितिको भनाइ छ। मेलामा १५ हजारभन्दा बढी राँगाको बली चढ्ने अनुमान समितिले गरेको छ। मेला अवधिभर बरियापुरमा मदिरा र मासु बिक्री र प्रयोगमा निषेध गरिएको छ। 
 
पसलका लागि खेतमा टहरा बनाउने काम तीव्र पारिएको छ। मन्दिरवरपर क्षेत्रमा थुप्रै पसल सञ्चालन भइसकेका छन्। मन्दिर प्रवेश गर्ने सडक निर्माण पनि तीव्र रूपमा भइरहेको छ। भक्तजनका लागि पण्डाल निर्माण गर्ने र विद्युतीय सुविधा उपलब्ध गराउने काम पनि भइरहेको छ।
 
मन्दिरमा आउने भक्तजनले बोटिङ गर्नुका साथै भारतबाट ल्याइएका मनोरञ्जनात्मक खेल हेर्नसक्ने समितिले जनाएको छ। मेलाले यस वर्ष विभिन्न चार शीर्षकमा तीन करोडभन्दा बढी रकमको टेन्डर लगाएको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411