​१ अर्ब रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से झण्डै ९ अंकले ओर्लियो

मंगलवार, बैशाख १४, २०७३ साल,
काठमाडौं । सेयर बजारको परिसूचक आज ८.६४ अंकले ओर्लिएको छ। ३ सातादेखि दैनिक बढिरहेको बजारमा आज ‘ब्रेक’ लागेको हो। आजको कारोबारसँगै बजारको परिसूचक १ हजार ४ सय ५३ अंकमा कायम भएको छ। क वर्गका कम्पनीहरुको सूचक २ अंकले घट्यो। 
 
बैंकिङ, बिमा र अन्य समूह आज घटेका छन्। बैंकिङ र बिमा समूह समान १५ तथा अन्य समूह ५.८७ अंकले घट्यो। होटल २६ र उत्पादन समूह ३४ अंकले बढेको छ। 
 
यस दिन १ सय ३४ कम्पनीको १७ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ। ति सेयरहरुको किनबेचबाट ९९ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ। 
 
रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको कारोबार उच्च रह्यो। सो कम्पनीको ७ करोड २३ लाख रुपैयाँको कारोबार भयो। त्यस्तै नेपाल बंगलादेश बैंकको ६ करोड ७३ लाख रुपैयाँको कारोबार भयो। मञ्जुश्री फाइनान्स र ग्लोबल आईएमई बैंकको पनि ५ करोडभन्दा बढी रकमको सेयर कारोबार भयो।
 
४ कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत सेयर नाफा कमाए। कसमस डेभलपमेन्ट बैंकको ९.९४, सप्तकोसी डेभलपमेन्ट बैंकको ९.८९, मञ्जुश्री फाइनान्सको ९.८४ र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ९.८२ प्रतिशतले सेयर मूल्य बढेको छ। 
 
मिसन डेभलपमेन्ट बैंकको भने सबैभन्दा बढी ९.१५ प्रतिशतले सेयर मूल्य घटेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411