​बैंकिङ समूहले ७ दशमलव ४० अंकले उचाल्यो नेप्से

सोमबार, बैशाख १३, २०७३ साल,
काठमाडौं । सोमबार नेप्से परिसुचक ७ दशमलव ४० अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगी १ हजार ४ सय ६१ दशमलव ७५ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

आइतबारको तुलनमा आज कारोबार रकम ६ करोड ८९ लाख ५९ हजार ८ सय ७६ रुपैयाँले बढेको हो । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स १ दशमलव ६५ अंकले बढेर ३ सय १६ दशमलव ८१ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

आज १ सय ३१ वटा कम्पनीहरुको ४ हजार १ सय ४७ वटा कारोबारबाट ९२ करोड ८२ लाख ६५ हजार ९ सय ५५ रुपैयाँ बराबरको १५ लाख ६४ हजार ४२ कित्ता शेयरहरु कारोबार भएका छ ।

आज कारोबारमा सबै भन्दा बढी नेपाल बङ्गलादेश बैंककोे रहेको छ, जसको ५ करोड ९९ लाख ८२ हजार ७ सय १९ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी दोस्रो स्थानमा ग्लोबल आइएमी बैंकको ५ करोड ९८ लाख ७ हजार ४ सय १४ रुपैयाँ, तेस्रो, चौथो र पाचौं स्थानमा रहेको छ, मञ्जुश्री फाइनान्सको ५ करोड ४६ लाख ५८ हजार ९ सय १३ रुपैयाँ, स्ट्याण्डर्ड चाटर्ड बैंकको ४ करोड ९३ लाख ४२ हजार ७ सय ८० रुपैयाँ र एनएमबी बैंकको ३ करोड ९३ लाख १९ हजार ८ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सिनर्जी फाइनान्सको आज सबै भन्दा धेरै १० प्रतिशतले शेयरको मुल्यमा वृद्धि भएको छ । त्यस्तैे कसमस डेभलपमेन्ट बैंककोे ९ दशमलव ९८ प्रतिशतले र तिनाउ विकास बैंकको ९ दशमलव ९० प्रतिशतले, सप्तकोसी डेभलपमेन्ट बैंकको ९ दशमलव ८८ प्रतिशतले, सेवा विकास बैंकको ९ दशमलव ८७ प्रतिशतले, मञ्जुश्री फाइनान्सको ९ दशमलव ७१ प्रतिशतले र नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकको ९ प्रतिशतले मुल्यमा वृद्धि भएकोे छ ।

महाकाली विकास बैंककोे लगानीकर्ताहरुले आज आफ्नो शेयरको मुल्यमा सबै भन्दा धेरै ५ दशमलव ७५ प्रतिशतले गुमाएका छन् । त्यस्तै पोखरा फाइनान्सको ५ दशमलव ४५ प्रतिशतले र काष्ठमण्डप डेभलपमेन्ट बैंकको प्रमोटर शेयरको ४ दशमलव १६ प्रतिशतले मूल्यमा अत्याधिक गिरावट आएको छ ।

आज ९ वटा उपपरिसुचक समुहहरु मध्ये प्रमुख ७ वटा समुहहरु अन्तर्गत कारोबार भएको छ । जसमा आज अत्याधिक बढ्नेमा विमा समुह २३ दशमलव ७१ अंकले वृद्धि भएको छ । त्यस्तै विकास बैंक समुह २२ दशमलव ५९ अंकले, होटल समुह १५ दशमलव ११ अंकले र बंैकिग समुह ७ दशमलव ६५ अंकले बढेको छ भने जलविद्युत समुह ९ दशमलव ५८ अंकले, फाइनान्स समुह २ दशमलव ८२ अंकले र अन्य समुह १ दशमलव १७ अंकले घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411