​कम्युनिटी बैकले शतप्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै

सोमबार, बैशाख १३, २०७३ साल,
काठमाडौं । वुटवलको रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद शेयर जारी गर्ने भएको छ । त्यस्तै नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकले पनि पचास प्रतिशत अर्थात दुई बराबर एक हकप्रद सेयर जारी गर्ने भएको छ । कम्युनिटीले यहि वैशाख ३० र कर्णालीले आगामी जेठ २ गतेबाट हकप्रद सेयर जारी गर्न लागेका हुन् ।
 
कम्युनिटीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर जारी गर्न लागेको हो । चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको बैंकले शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद सेयर निस्कासन गर्न लागेको हो ।

हकप्रपश्चात बैंकको पुँजी २० करोड रुपैयाँ पुँग्नेछ । हकप्रदका लागि बैशाख १६ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउने छन् ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले १०० रुपैयाँ अंकित दरका चार लाख कित्ता सेयर निस्कासन गर्न लागेका हुन् । आठ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकका दरले हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रदपश्चात बैंकको पुँजी १२ करोड रुपैयाँ पुग्नेछ ।

कर्णालीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्रोमर मर्चेन्ट बैंकर लिमिटेड रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411