नेस्से लगातार बढ्दा पुग्यो १४ सय ५४ अंकमा

आईतवार, बैशाख १२, २०७३ साल,
काठमाडौं । लगातार बढ्दो ‘ट्रेन्ड’मा रहेको सेयर बजारको परिसूचकले आजको कारोबारपछि साढे १४ सय अंक नाघेको छ। १२.६८ अंकले बढेर बजारको परिसूचक १४ सय ५४ मा कायम रह्यो। यस दिन क वर्गका कम्पनीको सूचक २.९८ अंकले बढेको छ। 
 
यस दिन हाइड्रो र फाइनान्सबाहेक सबै समूह बढे। हाइड्रोमा ४.१८, फाइनान्स ३.६६ अंकले घटेको छ। 
 
बहुराष्ट्रिय कम्पनी युनिलिभरको सेयर मूल्य प्रतिकित्ता १३ सय ४५ अंकले बढेपछि उत्पादन समूह सबैभन्दा धेरै अंकले बढेको छ। सो समूह ६९.८ अंकले बढ्यो। युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ३४ हजार ६ सय ७८ रुपैयाँमा कायम भएको छ। 
 
बैंकिङ समूह १७.६६ अंकले बढेको छ। बिमा समूह १९ अंकले बढेको छ।  होटल र विकास बैंक समूह ४–४ अंक तथा अन्य समूह ५.८७ अंकले बढेको छ। 
 
रकमका आधारमा नेपाल बंगलादेश बैंकको कारोबार उच्च रह्यो। सो कम्पनीको ७ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। उसको अन्तिम सेयर मूल्य ६ सय २२ कायम भएको छ। 
 
त्यस्तै स्टाण्डर्ड चाटर्ड बैंकको ६ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ। सो कम्पनीको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३ हजार ४ सय ८० मा कायम भएको छ। नबिल बैंकको ५ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भयो।
 
सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे, इन्भेष्टमेन्ट बैंक,  हिमालयन बैंकको ३–३ करोडभन्दा बढी रकमको सेयर कारोबार भयो। 
 
उच्च मूल्य बृद्धिका आधारमा सप्तकोसी विकास बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेर प्रतिकित्ता ५ सय ६ कायम भएको छ। त्यस्तै मञ्जुश्री फाइनान्सियल र तिनाउ विकास बैंकका लगानीकर्ताले पनि साढे ९ प्रतिशत बढी सेयर मूल्य कमाए। 
 
रकमका आधारमा सबैभन्दा धेरैले सेयर मूल्य बढेको युनिलिभरको मूल्य बृद्धि भने ४ प्रतिशत मात्रै हो।  नोक्सानका आधारमा ललितपुर फाइनान्स र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक अगाडि रहे। ति कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। 
 
समूहगत कारोबार हेर्दा बाणिज्य बैंक समूहको ५१ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भयो। त्यसपछि बिमा र विकास बैंक समूहको कारोबार उच्च रह्यो। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411