​भूकम्पमा परी दिवंगत भएकाहरुको स्मरणमा आइतबार टुँडिखेलमा ‘एनटी सम्बोधन’

शुक्रबार, बैशाख १०, २०७३ साल,
काठमाडौँ नेपाल टेलिकमले गत वर्षको भूकम्पमा परी दिवंगत भएकाहरुको स्मरण गर्दै चीर शान्तिको कामना गर्न २०७३ बैशाख १२ गते, आइतबार टुँडीखेलमा दीप प्रज्वलन तथा मधुर सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
 
सो कार्यक्रममा कुटुम्ब, सुगम पोखरेल र श्रेया सोताङलगायतका लोकप्रिय कलाकारले सांगीतिक प्रस्तुति दिने र नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको पनि सहभागिता हुने टेलिकमले जानकारी दिएको छ। बेलुकी ५ बजे सुरु हुने उक्त कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 
 
टेलिकमले आफू ‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको र सधैँ जनताको सुखदुःखमा सहयोगी बनेर साथ दिने र निरन्तर सम्बोधन गरिरहने बताएको छ । यही अर्थमा कार्यक्रमको नाम ‘एनटी सम्बोधन’ राखिएको जानकारी पनि कम्पनीले दिएको छ।
 
टेलिकमले भूकम्पको समयमा निःशुल्क भ्वाइस तथा डाटा सेवा दिएको थियो। 
 
कम्पनीका अनुसार उसले बैशाख १२ गते भूकम्प गए पश्चात्को समय ९दिनको १२ बजे० देखि वैैशाख १७ गते रातको १२ बजेसम्म १ अर्ब ४६ करोड बराबरको जीएसएम तथा सिडीएमए नेटवर्कबाट भएका सम्पूर्ण कलहरु ९अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय० एवं एसएमएस तथा डाटा सेवा निःशुल्क उपलब्ध गराएको थियो। साथै पीएसटीएन तथा सि–फोन फिक्सड सेवामा वैैशाख महिनाको न्यूनतम महसुलमा थप १०० कल निःशुल्क गरेको थियो । 
 
भूकम्पबाट विस्थापित भई शिविरमा बसेकाको सुविधाका लागि कम्पनीले निःशुल्क वाइफाई हटस्पटको व्यवस्था गरेको थियो । नेपाल टेलिकमले कम्पनीको तर्फबाट २५ करोड, कर्मचारीहरुको तर्फबाट २ करोड ७५ हजार र सञ्चालक समितिका पदाधिकारीहरुको तर्फबाट  ८१ हजार ६ सय रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराएको थियो । 
 
यस्तैगरी जीएसएम तथा सिडीएमए प्रविधिका मोबाइल सेवाबाट निश्चित नम्बरमा एसएमएस पठाउँदा राहत कोषको लागि रकम संकलन हुने व्यवस्था गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको थियो ।
 
कम्पनीले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि नेपाल सरकारको निर्देशन एवं योजनाको परिधि भित्र रही तीन बर्षभित्रमा१ अर्ब खर्च गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको थियो । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411