एकता विकास बैंकको दशौं शाखा महाराजगञ्जमा

मंगलवार, फागुन १२, २०७१ साल,
काठमाडौं । एकता विकास बैंक लिमिटेडले कपिलवस्तुको महाराजगञ्जमा शाखा विस्तार गरेको छ । शाखाको बैंकका अध्यक्ष डा. ध्रुवप्रसाद ढकालले उद्घाटन गरे ।

यो सहित बैंकका शाखा संख्या १० पुगेका छन् । पछिल्लो तथ्यांकअनुसार बैंकले एक अर्ब ८३ करोड रुपैैयाँ निक्षेप संकलन गरी एक अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकका ग्राहक संख्या २३ हजार पुगेका छन् । नयाँ शाखाले त्यस क्षेत्रका जनतालाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।

वैंकले २०६८ कार्तिक ७ गतेवाट कारोबार आरम्भ गरेको हो । अधिकृत पूँजी ४० करोड र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको बैंकले रुपन्देहीको बुटवल, देवीनगर, केरवानी, भैरहवा, कपिलवस्तुको पिपरा, बनगाई, चन्द्रौटा, महाराजगञ्ज, दाङको घोराही र तुलसीपुरमा आफ्नो सेवा पुर्‍याएको छ ।

बैंकको रुपन्देही, कपिलवस्तु र दाङ्ग गरि ३ जिल्ला कार्यक्षेत्र रहेको छ । हालै सम्पन्न बैंकको तेस्रो साधारण सभाले बैंकको कार्यक्षेत्र १० जिल्लामा विस्तार गर्ने निर्णय परित गरेको छ ।

बैंकले कृषि तथा कृषिजन्य कर्जा, आवाश निर्माण, हायर पर्चेज, साना तथा मझौला उद्यम कर्जा, उद्योग, व्यापार लगायतमा छिटो छरितो र सर्वशुलभ कर्जा प्रवाह गर्ने गरेको छ ।

सुनचाँदी कर्जा कारोवार, सन्ध्याकालीन सेवा, लकर सुविधा (सुरक्षित डिपोजिट लकर), विदाको दिन बैंकिङ्ग सुविधा सवै शाखाहरुवाट निशुल्क अन्तर शाखा कारोवार सुविधा, रेमिट्यान्स लगायतका सेवाहरु बैंकले प्रदान गर्दै आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411