नेप्से सर्वाधिक उचाईमा पुग्दा कारोबार रकम ९० करोड माथि

बिहीवार, बैशाख ९, २०७३ साल,
काठमाडौं । बिहिबार नेप्से परिसुचक शुन्य दशमलव ९८ अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगी १ हजार ४ सय ४१ दशमलव ६७ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

अघिल्लोे दिनको तुलनमा आज कारोबार रकम १७ करोड १२ लाख ५९ हजार ९ सय २१ रुपैयाँले घटेको हो । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव २७ अंकले बढेर ३ सय १२ दशमलव १८ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

आज १ सय २७ वटा कम्पनीहरुको ३ हजार ५ सय ९८ वटा कारोबारबाट ९० करोड ७९ लाख ३५ हजार ५ सय ७९ रुपैयाँ बराबरको १२ लाख ३९ हजार २ सय ३६ कित्ता शेयरहरु कारोबार भएका छ भने १५ खर्ब ५२ अर्बको कुल पुजीकरण भएको छ ।
आज कारोबारमा सबै भन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंककोे रहेको छ, जसको ६ करोड ९६ लाख ४६ हजार ९ सय ९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी दोस्रो स्थानमा नेपाल एसबिआई बैंकको ५ करोड ६० लाख ४५ हजार ४ सय ९९ रुपैयाँ, तेस्रो, चौथो र पाचौं स्थानमा रहेको छ, एभरेष्ट बैंकको ५ करोड १ लाख १३ हजार ८ सय ८९ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ८९ लाख २९ हजार ६ सय २४ रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ८६ लाख ६३ हजार १ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको आज सबै भन्दा धेरै ९ दशमलव ७९ प्रतिशतले शेयरको मुल्यमा वृद्धि भएको छ । त्यस्तैे प्रोफेशन दियालो विकास बैंकको ९ दशमलव ६५ प्रतिशतले र मन्जुश्री फाइनान्सको ५ दशमलव ४२ प्रतिशतले मुल्यमा वृद्धि भएकोे छ ।

ललितपुर फाइनान्सकोे लगानीकर्ताहरुले आज आफ्नो शेयरको मुल्यमा सबै भन्दा धेरै ९ दशमलव ७२ प्रतिशतले गुमाएका छन् । त्यस्तै महिला सहयात्री माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ दशमलव ६८ प्रतिशतले र राप्तीभेरी विकास बैंकको ३ दशमलव ७७ प्रतिशतले मूल्यमा अत्याधिक गिरावट आएको छ ।

आज ९ वटा उपपरिसुचक समुहहरु मध्ये प्रमुख ८ वटा समुहहरु अन्तर्गत कारोबार भएको छ । जसमा आज अत्याधिक बढ्नेमा विमा समुह ५९ दशमलव ०६ अंक रहेको छ । त्यस्तै उत्पादक तथा प्रशोधन समुह ५६ दशमलव ०९ अंकले, होटल समुह २१ दशमलव ४३ अंकले र बैंकिग समुह १ दशमलव ४३ अंकले बढेको छ भने जलविद्युत समुह १३ दशमलव ३५ अंकले, अन्य समुह १२ दशमलव ९२ अंकले, विकास बैंक समुह ५ दशमलव ७४ अंकले, र फाइनान्स समुह १ दशमलव ७७ अंकले घटेको छ ।

बुधबार नेप्से परिसुचक ९ दशमलव ८८ अंकले बढेर १ हजार ४ सय ४० दशमलव ६९ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

सहयोगी विकास बैंकको ५ लाख ६४ हजार १ सय ७ कित्ता बोनस शेयर, एभरेष्ट फाइनान्सको १ लाख ६८ हजार ८ सय ८३ कित्ता बोनस शेयर, टुरिजम डेभलपमेन्ट बैंकको १० लाख ८५ हजार ४ सय ४० कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411