प्राधिकरणमा फ्रिज भएर बसेको १२ अर्ब रकम ग्रामीण क्षेत्रको सूचना र प्रविधिमा उपयोग हुनुपर्ने माग

बुद्धबार, बैशाख ८, २०७३ साल,
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा ‘फ्रिज’ भएर बसेको रू १२ अर्ब सदुपयोग हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

 राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा भएको सो रकम सूचना र प्रविधिको पहुँच नभएका क्षेत्रमै उपयोग गर्न सुझाव दिएका हुन् ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने –‘अब हुम्ला र जुम्लाजस्ता दुर्गम क्षेत्रका किसानले आफ्नो उत्पादनका बारेमा इन्टरनेटबाटै थाहा पाउने अवस्था सिर्जना होस् ।’

सूचना र प्रविधिको युगमा प्राधिकरणमा रहेको रू  १२ अर्ब दूरमा रहेका जनताका लागि सूचना र प्रविधिको विकासमा खर्चिनुपर्ने आजको आवश्यकता हो भन्दै उनले यसका लागि राजनीतिक वातावरण पनि स्थिर हुनुपर्ने बताए ।

संविधान जारी भएपछि संविधानबमोजिम गर्नुपर्ने, सङ्घीय स्थानीय निकायको निर्वाचन, सङ्घीय कानून निर्माण, प्रदेशको निर्वाचन लगायतका विषयमा समयमै ध्यान पु¥याउन नसके संविधानका सबै उपलब्धि नष्ट हुन जानेबारे आफूले सबै दलका नेतालाई सुझाइसकेको  जानकारी पनि नेता पौडेलले दिए ।  

पूर्वमन्त्री डा। मीनेन्द्र रिजालले प्राधिकरणमा रहेको रू १२ अर्ब इन्टरनेट ब्रोड बैङ्क सेवा नपुगेका क्षेत्रमा सूचना र प्रविधिको विकासका लागि भएकाले त्यसको कहाँ र कसरी सदुपयोग गर्न सकिन्छ भन्ने बारे छलफल गर्नुपर्ने आवश्यकता आँैल्याए ।

हाल इन्टरनेट सेवा उपलब्ध भए पनि महङ्गो छ भन्दै उनले यसलाई सुलभ बनाउन प्रयास गर्नुपर्ने, प्राधिकरण र नेपाल टेलिकमले आफ्नो क्षमता वृद्धि गर्नुपर्ने र विज्ञान मन्त्रालयबाट सूचना तथा सञ्चार मन्त्रालयमा ल्याइएको प्रविधिसम्बन्धी सेवा पुनः सूचना तथा सञ्चार मन्त्रालयमै ल्याउनुपर्ने सुझाव दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले ग्रामीण क्षेत्रमा सूचना र प्रविधिको पहुँच बढाउन अनुदान र जिल्ला सदरमुकामसम्म पुर्‍याउने व्यवस्था भए पनि कम आम्दानी र बढी खर्च हुने भएकाले निजी क्षेत्र त्यसतर्फ आकर्षित हुन नसकेको र काम पनि कछुवा गतिमा अघि बढेकाले सबै क्षेत्रबाट झकझक्याउनुपर्ने बताए ।  रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411