नेप्से २.२१ अंकको वृद्धिसँगै हालसम्मकै उच्च बिन्दु पुग्यो, ८२ करोड रुपैयाको शेयर किनबेच

मंगलवार, बैशाख ७, २०७३ साल,
काठमाडौं । मंगलबार नेप्से परिसुचक २ दशमलव २१ अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगी १ हजार ४ सय ३० दशमलव ८१ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ५३ अंकले बढेर ३ सय ९ दशमलव ५३ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

आज १ सय ३३ वटा कम्पनीहरुको ३ हजार ८ सय १९ वटा कारोबारबाट ८२ करोड ३६ लाख ७१ हजार २५ रुपैयाँ बराबरको १९ लाख २७ हजार ४८ कित्ता शेयरहरु कारोबार भएका छन् ।

आज कारोबारमा सबै भन्दा बढी सिटिजन्स बैंककोे रहेको छ, जसको ८ करोड १८ लाख ६५ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी दोस्रो स्थानमा नेपाल बङ्गलादेश बैंकको ४ करोड ९१ लाख ३३ हजार ४ सय ५० रुपैयाँ, तेस्रो, चौथो र पाचौं स्थानमा रहेको छ, नबिल बैंकको ४ करोड ५३ लाख ६४ हजार १ सय ५७ रुपैयाँ, सानिमा बैंकको ३ करोड ५४ लाख ७३ हजार ६ सय ९१ रुपैयाँ र नेशनल हाइडोपावर कम्पनीको २ करोड २७ लाख ९४ हजार ६ सय ८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
 
सप्तकोशी डेभलपमेन्ट बैंकको आज सबै भन्दा धेरै ९ दशमलव ८० प्रतिशतले शेयरको मुल्यमा वृद्धि भएको छ । त्यस्तैे सेवा विकास बैंकको ७ दशमलव ३० प्रतिशतले र ओरिन्टल होटलको ५ दशमलव ७१ प्रतिशतले मुल्यमा वृद्धि भएकोे छ ।
 
बरुण हाइडोपावर कम्पनीकोे लगानीकर्ताहरुले आज आफ्नो शेयरको मुल्यमा सबै भन्दा धेरै ६ दशमलव ४८ प्रतिशतले गुमाएका छन् । त्यस्तै लुम्बिनी फाइनान्सको ५ दशमलव ६८ प्रतिशतले र आइसीएफसी फाइनान्सको ५ दशमलव १७ प्रतिशतले मूल्यमा अत्याधिक गिरावट आएको छ ।
 
आज ९ वटा उपपरिसुचक समुहहरु मध्ये प्रमुख ८ वटा समुहहरु अन्तर्गत कारोबार भएको छ । जसमा आज अत्याधिक बढनेमा होटल समुह २१ दशमलव ९३ अंकले रहेको छ । त्यस्तै अँन्य समुह ५ दशमलव ८७ अंकले र बैंकिंग समुह ४ दशमलव ७१ अंकले बढेको छ भने जलविद्युत समुह १४ दशमलव ३६ अंकले, विमा समुह १० अंकले, फाइनान्स समुह ३ दशमलव ८१ अंकले र विकास बैंक समुह ३ दशमलव १ अंकले घटेको छ । उत्पादक तथा प्रशोधन समुह शुन्य रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411