​भ्रमपूर्ण विज्ञापन गर्ने, नियम विपरीतका चिकित्सालयको दर्ता खारेज हुने

सोमबार, बैशाख ६, २०७३ साल,
काठमाडौँ । सरकारले निर्धारण गरेको मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गरिने छ ।

आयुर्वेद विभागमा दर्ता नभएका, जथाभावी विज्ञापन गरी भ्रम सिर्जना गरेका र पूर्वाधार नभएका उपचार केन्द्रलाई कारबाही गर्न लागिएको हो ।

कपाल झर्न रोक्ने, अर्बुद रोग निको पार्ने भन्ने जस्ता मिथ्या प्रचार गरी सेवाग्राहीलाई ठग्दैआएका उपचार केन्द्रको विभागले अनुगमन र नियमन गरिरहेको विभागका महानिर्देशक डा टेकराज पन्थीले जानकारी दिए ।

विभागले सामान्य क्लिनिक, पोलिक्लिनिक र अस्पताल सञ्चालनका लागि निश्चित पूर्वाधार तोकिदिएको छ ।

पोलिक्लिनिक तथा अस्पताल सञ्चालनका लागि योग, प्रयोगशाला, एक्स–रे, होमियोपेथिक, अकुपंचरलगायतको व्यवस्था अनिवार्य गरिएको र अनुगमनका क्रममा त्यस्तो नपाइएमा विभागले त्यस्तो व्यवस्था गर्न केही समय उपलब्ध गराउने व्यवस्था गरेको छ । सो अवधिमा पनि सुधार नभए दण्ड तोक्ने र दर्ता खारेजीसम्म गर्नसक्ने विभागका महानिर्देशक पन्थीले बताए । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411