​नेप्से १९ अंकले बढ्यो, परिसूचक १४ सय २८ अंकमा, ९० करोडको कारोबार

सोमबार, बैशाख ६, २०७३ साल,
काठमाडौं । सेयर बजारको परिसूचक १९.१७ अंकले बढेको छ। यो अंकको बृद्धिसँगै बजारको परिसूचक १४ सय २८ अंकमा कायम भएको छ। यो अंक हालसम्मकै उच्च हो। क वर्गका कम्पनीहरुको अंक ४.४९ ले बढेको छ। 
 
यस दिन १ सय ३३ कम्पनीको १९ लाख ४९ हजार कित्ता सेयर किनबेच भएको छ। ति सेयरको किनबेचबाट ९० करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ। 
 
टेलिकम सूचिकृत अन्य समूहबाहेक सबै समूह बढेका छन्। बिमा समूह सबैभन्दा धेरै १ सय २३ अंकले बढेको छ। त्यस्तै बैंकिङ समूह २१.८५, होटल समूह ३०.७७, विकास बैंक समूह २०.९४ अंकले बढेको छ। हाइड्रो १४ र फाइनान्स १० अंकले बढेको छ। 
 
प्रतिशतका आधारमा सेयर मूल्य उच्च बढ्नेमा भने सहारा विकास बैंक अगाडि रह्यो। सो कम्पनीको १० प्रतिशतले मूल्य बढेको छ। त्यस्तै प्रिमियर इन्स्योरेन्सको ९.९५ अर्थात प्रतिकित्ता १२२ रुपैयाँ सेयर मूल्य बढेको छ।
 
राप्तिभेरी विकास बैंक, सप्तकोसी विकास बैंक र लुम्बिनी फाइनान्सका लगानीकर्ताले पनि साढे ९ प्रतिशत बढी सेयर मूल्य कमाए।  बरुण हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै मूल्य गुमाए। ति लगानीकर्ताले ९ प्रतिशत अर्थात प्रतिकित्ता ४५ रुपैयाँ सेयर मूल्य गुमाए।  नेपाल टेलिकमका सेयर लगानीकर्ताले पनि प्रतिकित्ता ११ रुपैयाँ गुमाएका छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411