नेप्से ३.६५ अंकले बढ्यो, ६६ करोड रुपैयाँको कारोबार

आईतवार, बैशाख ५, २०७३ साल,
काठमाडौं । सेयर बजार बढेर नयाँ अंकको रेकर्ड बनाउने क्रम आज पनि जारी रह्यो। ३.६५ अंकले बजार बढेर १ हजार ४ सय ९ अंकमा पुगेको छ। 
 
१ सय १७ कम्पनीको ९ लाख २३ हजार कित्ता सेयर किनबेच हुँदा ६६ करोड १५ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। 
 
होटल र टेलिकम सूचिकृत अन्य समूबाहेक सबै समूह बढेका छन्। होटल समूह २६ अंकले ओर्लिएको छ भने अन्य समूह ५७ अंकले घटेको छ। बिमा समूह ६१ अंकले बढेको छ। बैंकिङ समूह १३.५६, विकास बैंक समूह ७.१८, हाइड्रो समूह ३.८९ तथा फाइनान्स समूह १.४५ अंकले बढेको छ। 
 
आज नेपाल टेलिकमका सेयर लगानीकर्ताले प्रतिशतका आधारमा सबैभन्दा धेरै सेयर मूल्य गुमाए। ६.५८ प्रतिशत अर्थात प्रतिकित्ता ४९ रुपैयाँले सो कम्पनीको सेयर मूल्य घटेको छ। 
 
नाफाका आधारमा भने शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीका लगानीकर्ताले १० प्रतिशत अर्थात प्रतिकित्ता १ सय ८५ रुपैयाँ सेयर मूल्य कमाए। एफपीओ जारी गरेर जगेडा कोष मजबुत पारेको सो कम्पनीको सेयर माग उच्च देखियो। आजको कारोबारपछि सो कम्पनीको अन्तिम सेयर मूल्य प्रतिकित्ता २ हजार ३५ रुपैयाँ कायम भएको छ। 
 
रकमका आधारमा स्टाण्डर्ड चार्टड बैंकको कारोबार उच्च रह्यो। सो कम्पनीको ४ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै नेपाल बैंकको ३ करोड ८९ लाख, नविल बैंकको ३ करोड ४९ लाख, नेपाल बंगलादेश बैंकको ३ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ। 
 
त्यस्तै एफपीओ सेयर जारी गरेर आजबाट सेयर नपरेको रकम फिर्ता प्रक्रिया थालेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य घटेको छ। प्रतिकित्ता १० रुपैयाँले मूल्य घट्दै अन्तिम मूल्य ११ सय रुपैयाँमा कायम भएको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411