​सिभिल बैंकको ‘५५५ मुद्दति पत्र’ खाता, ब्याज दर ७.०७ प्रतिशत

मंगलवार, फागुन १२, २०७१ साल,
काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंक पाँच बर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘सिभिल ५५५ मुद्दति पत्र’ निक्षेप योजना सञ्चालनमा ल्याइएको हो ।
 
न्युनतम पाँच लाख रुपैयाँमा खोल्न सकिने यो खातामा बैंकले ७.०७ प्रतिशत ब्याज उपलब्ध गराउने छ । अहिले बैंकहरुले दिइरहेको ब्याजको तुलनामा यो बढी हो । 
 
‘अहिले निक्षेपमा प्रदान गरिने न्युन ब्याजदरको तुलनामा यो आकर्षक व्याज हो,’ बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भने, ‘नयाँ योजनाबाट ग्राहक लाभान्वित हुने छन् ।’ उनले आगामी दिनमा पनि आकर्षक सेवा तथा योजनाहरु सञ्चालनमा ल्याउने जानकारी दिए । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411