भुकम्प पिडितलाई पुनर्निर्माणको रकम वितरणमा प्रविधि मुख्य बाधक

शुक्रबार, बैशाख ३, २०७३ साल,
दोलखा । विनासकारी भूकम्पपछि दोलखाको सिंगटीबाट शुरु भएको निजी आवास पुनर्निर्माणको रकम वितरणमा प्रविधि मुख्य बाधक बनेको छ ।

गत चैत २८ गतेबाट लादुक र लामिडाँडा गाविसमा निजी आवास पुनर्निर्माणको रकम वितरण गर्न इन्टरनेट, विद्युत् र बायोमेट्रिक प्रविधि मुख्य बाधक बनेको हो ।

सिंगटीमा अत्यन्त न्युन गतिको एडिएसएल इन्टरनेट, अनियमित विद्युत् आपूर्ति, युपिएस सुविधा नहुनु र जेनेरेटरमा भोल्टेज गडबढीका कारण बायोमेट्रिक प्रविधिबाट औंठाछाप प्रमाणिकरण हुन नसक्दा रकम वितरण गर्न नसकिएको रकम वितरणको जिम्मा पाएका राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको भनाइ छ ।

भूकम्प प्रभावितहरु २÷३ दिनदेखि सिंगटी बजारमा आएर बसेको भए पनि बत्ती र नेटवर्कको समस्याका कारण चाहेर पनि रकम वितरण गर्न नसकिएको बैङ्कका कर्मचारीहरुले बताएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411