​नयाँ बर्ष २०७३ को पहिलो दिन मै नेप्सेले बनायो नयाँ रेकर्ड, झण्डै ५६ करोड रुपैयाका कारोबार

बिहीवार, बैशाख २, २०७३ साल,
काठमाडौं । २०७३ सालको पहिलो कारोबार भएको दिनमा सेयर बजारको अंकले १४ सय पार गरेको छ। २ बजेर २५ मिनेट जाँदा बजारको परिसूचक १४ सय १ अंक पुगेको छ। अघिल्लो कारोबारको तुलनामा १७ दशमलव १५ अंकले बढेर बजार १४ सय ५ दशमलव ७८ अंकमा पुगेको छ। 
 
यस दिन क वर्गका कम्पनीहरुको अंक मापन गर्ने सेन्सिटिभ इन्डेक्स ३। ८ ले बढेको छ। यस दिन कुल १ सय २७ कम्पनीको ११ लाख ५४ हजार कित्ता सेयर किनबेच हुँदा ५५ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ। 
 
यस दिन सबै समूह बढेका छन्। अंकका आधारमा बिमा समूह सबैभन्दा धेरै ५८.५६ ले बढेको छ। त्यस्तै बैंकिङ समूह १७.९६, होटल समूह २१.७, विकास बैंक समूह २३.९५, उत्पादन समूह ३२.८, हाइड्रो समूह ७.१९, फाइनान्स समूह ११.५६ अंकले बढेको छ। अन्य समूह भने स्थिर रह्यो। 
 
कम्पनी रकम कारोबारका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो । सो कम्पनीको ३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै नबिल बैंकको ३ करोड ४९ लाख, नेपाल बैंकको ३ करोड ३० लाख तथा सिटिजन्स बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 
 
सेयर मूल्य बृद्धिदरका आधारमा अरनिको डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स अग्रस्थानमा रहे। ति कम्पनीको समान ९.७४ प्रतिशतले सेयर मूल्य बढ्यो। काष्ठमण्डप डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक पनि प्रतिशत सेयर मूल्य बृद्धिमा अगाडि रहे। 
 
सबै समूह उक्लिँदा पनि सहयोगी विकास बैंकका लगानीकर्ताले साढे ५ प्रतिशत सेयर मूल्य गुमाए। बागमति डेभलपमेन्ट बैंक तथा सिन्धु विकास बैंकका लगानीकर्ताले पनि ३ प्रतिशत बढी सेयर मूल्य गुमाए। यसैबीच माछापुच्छ्रे बैंकको मर्जर प्रक्रिया तोडिएपछि कारोबार सुरु भएको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411