​म बाँचे तर मेरो भिनाजु बाँच्नु भएन............

मंगलवार, चैत्र ३०, २०७२ साल,
काठमाडौँ । कामका लागि घरबाट सबैसँग बिदा दिएर काठमाडौँ आउँदै गर्दा अचानक बस भिरबाट खसेपछि १७ वर्षीय मिलन राईले बाँचिएला भन्ने सोच्नु भएन । 
 
‘बसमा सवार सबै यात्रु डरले चिच्चाए, कराए तर हुने हार कसले रोक्न सक्थ्यो र बस खस्यो । कतिले त्यहीँ सास छोडे भने कतिका हातखुट्टा भाँचिएर घाइते भए 'उनले भने, ‘गाडी तीव्र गतिमा थियो । अप्ठ्यारो बाटोमा तीव्र गतिमा बस चलाउँदा गाडी भिरबाट खसेको हो । अब कसरी काम गर्ने र खाने ।'
 
मंगलबार बिहान खोटाङको दिक्तेलबाट काठमाडौँका लागि यात्रु बोकेर हिँडेको बस बा२ख ६३७६ नं को यात्रु बस साँघुरो बाटो रहेको बर्खेटारमा बिहान ८स्३० बजे सडकबाट करिब ५०० मिटर तल खसेपछि उनी घाइते भएका छन् । उनको खुट्टा भाँचिएको छ भने कानमा पनि चोट लागेको छ । थप उपचारकालागि उहाँलगायत १२ जनालाई काठमाडौँ ल्याइएको छ । 
 
बाटो खन्ने काम गर्ने उनी कामका लागि खोटाङबाट काठमाडौँ आउँदै थिए । उनले भने, ‘कामका लागि घरबाट हिँडेको दुर्घटनामा परियो, अब कसरी उपचार हुने हो । म त बाँचे तर मेरो भिनाजु बाँच्न सक्नुभएन ।' उनी आफू घाइते भएकोभन्दा पनि आफ्नो भिनाजुको निधन भएकामा दुस्खित छन् ।
 
घाइतेका आफन्त किरण राईले गाडी चालकको लापरबाहीको कारण दुर्घटना भएको बताए । उनकी फुपुको मृत्यु भएको छ, भने घाइते फुपाजुलाई काठमाडौँ ल्याइएको छ । 
 
उनको खुट्टा भाँचिएको छ । राईले फुपुको दुई महिनाअघि वीर अस्पतालमा बे्रन ट्युमरको शल्यक्रिया गरेकाले त्यसको पुनस्उपचारका लागि आउँदै गर्दा दुर्घटना परेको बताए । 
 
यात्रुले खचाखच भरिएको गाडी भिरबाट तल खस्सेपछि बाचिँएला भन्ने आश मारेको बताउँदै घाइते खड्गबहादुर राईले भने, ‘धेरैको घटनास्थलमै मृत्यु भयो, तर हामी भाग्यले बाँच्यौँ । खुट्टा र मेरुदण्ड भाँचिएको छ ।'
 
खोटाङमा उपचार हुन नसेकापछि घाइते १२ जनालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । 
 
अस्पतालका निर्देशक प्रा डा दिपक महराले भने, ‘१२ जना घाइतेको उपचार जारी छ, एक जना नाम नखुलेका घाइतेको अवस्था गम्भीर भएकाले अतिसघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ भने अन्यको अवस्था खतरामुक्त छ । धेरैको हातखुट्टा भाँचिएको छ । रासस 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411