​वर्षको अन्तिम दिन करिब ५ अंकले उक्लियो नेप्से, साढे ५८ करोड रुपैयाको कारोबार

मंगलवार, चैत्र ३०, २०७२ साल,
काठमाडौं । वर्षको अन्तिम दिन सेयर बजारको परिसूचक झण्डै ५ अंकले बढेको छ। ४.७८ अंकको बृद्धिसँगै १३ सय ८८ अंकमा रहेर नेप्सेले उच्च रेकर्ड बनाएको छ। 
 
यस दिन १ सय २१ कम्पनीको १४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ५८ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ। 
 
समूहगत रुपमा हेर्दा जलविद्युत र फाइनान्स बाहेक सबै समूह बढेका छन्। जलविद्युत समूहले ८.७ अंक गुमाएको छ। बैंकिङ समूह ६.८२, होटल समूह १६.७५ तथा बिमा समूह १०.५६ अंकले बढेको छ। 
 
कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। एनआईडीसी डेभलपमेन्ट बैंकसँग मर्जको सहमति भएसँगै बैंकको कारोबार बढेको हो। नेपाल बैंकको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४ सय २२ रुपैयाँमा कायम भएको छ। 
 
त्यस्तै नेपाल ग्रामीण विकास बैंकको ३ करोड २० लाख, नविल बैंकको २ करोड ५८ लाख नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ४६ लाख, शिखर इन्स्योरेन्सको २ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
 
प्रतिशत सेयर मूल्य बृद्धिका आधारमा लुम्बिनी फाइनान्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ९.८८ प्रतिशतले मूल्य बढेको छ। 
 
एफपीओ सेयर बाँडफाँड गरेको दिन नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य थोरैले बढेर अन्तिम मूल्य प्रतिकित्ता १ हजार ९९ रुपैयाँ पुगेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411