नेपाल ईन्भेष्टमेन्ट बैंकको एफपीओ बाँडफाँड, कसलाई कति पर्यो शेयर ?

मंगलवार, चैत्र ३०, २०७२ साल,
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शेयर अर्थात एफपिओको बाँडफाँड आज भएको छ । एफपिओ बाँडबाँडबाट साना लगानीकर्ता बढी लाभान्वित भएका छन् ।

साना लगानीकर्ताले ३२.४७ प्रतिशत शेयर पाउने छन् भने ठुला लगानीकर्ताले ८ दशमलव ५१ प्रतिशत शेयर पाएका छन् । १० र २० कित्ता शेयरका लागि आवेदन दिने साना लगानीकर्ताहरु भने अभागि देखिएका छन किनभने उनीहरुले शेयर पाउन चिठ्ठाको भर पर्नु परेको छ ।

बैंकले गत फागुन ११ देखि १४ गतेसम्म बैंकले ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपिओ निष्काशन गरेको थियो । ९० करोड ६९ लाख रुपैयाँ बराबरको एपपिओमा  २ लाख १८ हजार ४ सय ६२ आवेदन परेकोमा ३३२ वटा भने रद्द भएको शेयर निष्काशन बिक्री प्रबन्धक नागरिक लगानीकोषले जनाएको छ ।

१ लाख ६१ हजार १ सय २० आवेदकहरुले ५० हजार भन्दा कमको शेयर माग गरेका थिए भने ५६ हजार ५ सय ४२ आवेदकले ५० हजार भन्दा बढीको शेयर माग गरेका थिए ।

बैंकले ६०१ रूपैयाँमा एफपीओ जारी गरेकोमा झण्डै ४८ अर्ब रुपैयाँको आवेदन परेको थियो । ६ अर्ब ३४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको एफपिओ निष्काशन पश्चात चुक्ता पूँजी ७ अर्ब २५ करोड रुपैंया बढी हुनेछ ।

बाडँफाँडमा नपरेको रकम वैशाख ५ गतेदेखि फिर्ता गरिने छ । नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया, प्रभु र गुडविल फाइनान्सको खाता उपलब्ध गराउने आवेदको रकम बैंक खातामै पठाईने भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411