​प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

मंगलवार, चैत्र ३०, २०७२ साल,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा सरकारको ६ महिनाको उपलब्धी र आगामी दिनको योजनाका विषयलाई समेट्ने बताइएको छ ।

ओली प्रधानमन्त्री बनेको चैत २५ गते ६ महिना पूरा भएको छ । संविधान जारी भएलगत्तै आन्दोलित मधेसी मोर्चा र भारतीय नाकाबन्दीबीच प्रधानमन्त्री भएका ओलीले यो बीचमा दुई छिमेकी भारत र चीनको भ्रमण गरिसकेका छन् ।

कालोबजारी नियन्त्रण गर्न नसकेको, भूकम्प पिडीतलाई राहत उपलब्ध गराउन नसकेको तथा पुनर्निर्माण अभियानमा ढिलासुस्ती गरेको जस्ता आरोप वर्तमान सरकारमाथि लाग्दै आएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411