​खोटाङमा बस दुर्घटना, १६ को मृत्यु २५ भन्दा बढी घाईते

मंगलवार, चैत्र ३०, २०७२ साल,
काठमाडौं । खोटाङको दिक्तेलबाट काठमाडौंका लागि छुटेको यात्रुबहाक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । मंगलबार विहान ५ बजे सदरमुकाम दिक्तेलबाट यात्रु लिएर काठ्माण्डौंका लागि छुटेको बा २ ख ६३७६ बस अर्खौलेको बर्खेटारमा दुर्घटनामा परेको हो । दुर्घटनामा सवारमध्ये १५ जनाको मृत्यू भइसकेको प्रहरीले जनाएको छ । २५ बढी घाईते भएका छन् । घाईतेहरुको उद्धार कार्य जारी रहेका छ ।

बिहान ८ बजेतिर दुर्घटनाभएको उक्त बसमा सवार अधिकांश यात्रुहरुको मृत्यु भएको अनुमान गरिएको छ । बीचबाटोमा अन्य यात्रु थप भएकाले दुर्घटनामा हाताहाती भएका यात्रुको संख्या खुल्न नसकेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

अहिले मृतकको शव पाखाभरी यत्रतत्र छरिएको अवस्थामा रहेको घटनास्थलबाट स्थानीय गुरुप्रसाद ढकालले जानकारी दिए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय हलेसी र अर्खौले प्रहरीचौकीका प्रहरी र स्थानीयबासीहरु उद्दार कार्यमा सक्रिय रहेका छन् ।

मृत्यु हुनेको संख्यामा बृद्धि भईरहेको घटनास्थलमा पुगेका स्थानिय पत्रकार टिवन राईले जानकारी दिए । घाइतेको उद्दारका लागि हेलिकप्टोर ल्याउने तयारी भईरहेको उनले जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411