​सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र महानगरीय अपराध महाशाखाबीच समझदारी

सोमबार, चैत्र २९, २०७२ साल,
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र महानगरीय अपराध महाशाखाबीच सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विभागका तर्फबाट महानिर्देशक दामोदर रेग्मी र महाशाखाका तर्फबाट महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले सोमबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्दै सूचनाहरु आदान–प्रदान गर्ने, यससम्बन्धी वित्तीय लगानीका जोखिमका क्षेत्रहरु पहिल्याइ सोको निवारणका लागि आफ्ना कर्मचारीहरुलाई सक्षम गराउँदै आवश्यक्तानुसार परिचालन गर्नेलगायतका विषयमा पाँच बुँदे समझदारी भएको विभागले जानकारी गराएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411