सुबिसुको ‘नयाँ वर्षको बहार’ योजना

सोमबार, चैत्र २९, २०७२ साल,
​काठमाडौँ । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रा लि ले नयाँ वर्ष २०७३ को अवसरमा ‘सुबिसु नयाँ वर्षको बहार’ योजना ल्याएको छ।
 
योजना अन्तर्गत कम्पनीले ग्राहकलाई Clear TV Set Top Box, Cable Modem with Inbuilt Wireless Router, Fiber Modem र TV Receiver  निःशुल्क प्रदान गर्ने जनाएको छ। 
 
त्यस्तै कम्पनीले रिटेल सेवाहरु जडानमा आकर्षक प्याकेजहरु निर्माण गरेको छ । जस्तै इन्टरनेट, क्लियर टिभी तथा दुवै सेवाहरु इन्टरनेट र क्लियर टिभीका प्याकेजहरु ३ हजार ९ सय ९९ देखि १० हजार ९ सय ९९ रुपैयाँसम्म उपलब्ध छन्। 
 
साथै कम्पनीले आफ्ना र्वतमान इन्टरनेट तथा केबल टिभीका ग्राहकका लागि पनि ‘लोयल्टी अफर’ प्रस्तुत गरेको छ ।
 
ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार कुनै पनि प्याकेज खरिद गर्न सक्नेछन्। यो योजना सीमित अवधिका लागि शर्तहरुसहित लागू हुने कम्पनीले जानकारी दिएको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411