​बैंकिङ र होटलले थोरै उचाल्यो बजार, कारोबार रकम भने साढे २० करोडले घट्यो

सोमबार, चैत्र २९, २०७२ साल,
काठमाडौं । नेप्से परिसुचक १ दशमलव ४३ अंकले बढेर १ हजार ३ सय ८३ दशमलव ८५ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ३० अंकले बढेर २ सय ९८ दशमलव ९४ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।

आज १ सय २७ वटा कम्पनीहरुको २ हजार ४ सय ४९ वटा कारोबारबाट ४६ करोड ८३ लाख २८ हजार ४ सय ३० रुपैयाँ बराबरको ७ लाख ९५ हजार ५ सय ८१ कित्ता शेयरहरु कारोबार भएका छन् । हिजोको तुलनामा कारोबार रकम २० करोड ५० लाख ७८ हजार ८ सय ७० रुपैयाँले घटेको छ ।

आज कारोबारमा सबै भन्दा बढी नेपाल बैंकको रहेको छ, जसको ३ करोड ११ लाख ३७ हजार ६ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी दोस्रो स्थानमा सिटिजन्स बैंकको ३ करोड १ लाख २४ हजार २६ रुपैयाँ, तेस्रो, चौथो र पाचौं स्थानमा रहेको छ, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयरको २ करोड ७८ लाख ३१ हजार ६ सय २६ रुपैयाँ, नेपाल बङ्गलादेश बैंकको ४ करोड ७४ लाख ७४ हजार ४ सय ५३ रुपैयाँ र एनएमबी बैंकको २ करोड २६ लाख २४ हजार ९ सय ३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

लुम्विनी फाइनान्सको सबै भन्दा धेरै ९ दशमलव ९५ प्रतिशतले शेयरको मुल्यमा वृद्धि भएको छ । त्यस्तै मिसन डेभलपमेन्ट बैंकको ७ दशमलव ८९ प्रतिशतल र महाकाली विकास बैंकको ७ दशमलव १२ प्रतिशतले मुल्यमा वृद्धि भएकोे छ ।

रिडि हाइडोपावरकोे लगानीकर्ताहरुले आज आफ्नो शेयरको मुल्यमा सबै भन्दा धेरै ९ दशमलव ९३ प्रतिशतले गुमाएका छन् । त्यस्तै बागमती डेभलपमेन्ट बैंकको ५ दशमलव ३७ प्रतिशतले र प्रोगेसिभ फाइनान्सको ३ दशमलव ७७ प्रतिशतले मूल्यमा अत्याधिक गिरावट आएको छ ।

आज ९ वटा उपपरिसुचक समुहहरु मध्ये प्रमुख ८ वटा समुहहरु अन्तर्गत कारोबार भएको छ । जसमा आज अत्याधिक बढनेमा होटल समुह २१ दशमलव १ अंकले रहेको छ त्यस्तै बैकिंग समुह ३ दशमलव ०६ अंकले र अन्य समुह २ दशमलव ३५ अंकले बढेको छ भने विमा समुह १६ दशमलव ५४ अंकले, जलविद्युत समुह २ दशमलव १४ अंकले, फाइनान्स समुह १ दशमलव ८८ अंकले र विकास बैंक समुह १ दशमलव ११ अंकले घटेको छ । उत्पादक तथा प्रशोधन समुह शुन्य रहेको छ ।

आज गुडविल फाइनान्सको ३ लाख ३० हजार ६ सय ५२ कित्ता बोनश शेयर, गहेश्वरी मर्चेण्ट बैंकिग एण्ड फाइनान्सको ३ लाख ८३ हजार ४ सय १ बोनस शेयर, स्वरोजगार लघुवित्त विकास बैंकको १ लाख ३६ हजार ८ सय कित्ता कित्ता बोनस शेयर, एभरेष्ट बैंकको ६० लाख ५२ हजार १ सय ६३ कित्ता बोनस शेयर, प्राइम कर्मसियल बैंकको ५६ लाख ५२ हजार ९५ कित्ता बोनस शेयर, हिमालयन बैंकको १ करोड १६ लाख ६४ हजार ४ सय ५० कित्ता बोनस शेयर, सेन्टर कर्मसियल बैंकको ५३ लाख कित्ता बोनस शेयर, एनआईसी एशिया बैंकको १ करोड ३ लाख ६७ हजार ३ सय १० कित्ता बोनस शेयर, बाग्मती डेभलपमेन्ट बैंकको ७५ हजार बोनस शेयर, मनास्लु विकास बैंकको २ लाख १८ हजार २ सय ९५ कित्ता बोनश शेयर, मञ्जुश्री फाइनान्सको २ लाख ५६ हजार ५ सय कित्ता बोनस शेयर र नेपाल एक्सप्रेस फाइनान्सको ३ लाख ४२ हजार ५ सय ३७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411