​नयाँ वर्षमा नेपाल टेलिकमले एसएमएसमा ५० प्रतिशत छुट, ५० रुपैयाँमा १०० एमबी डाटा फ्रि दिने

सोमबार, चैत्र २९, २०७२ साल,
काठमाडौँ । नयाँ वर्ष २०७३ को अवसरमा नेपाल टेलिकमले जिएसएम र सिडिएमए मोबाइलका ग्राहकहरुलाई दुई वटा अफर दिएको छ।

टेलिकमका अनुसार जिएसएम र सिडिएमए मोबाइलबाट कम्पनीकै नेटवर्क भित्र एसएमएस गर्दा लाग्ने शुल्कमा चैत ३० र वैशाख १ गते गरी दुई दिन ५० प्रतिशत छुट दिइनेछ।

त्यसैगरी जिएसएमको पोस्टपेड र प्रिपेडमा तीन दिनका लागि १०० एमबी डाटा ५० रुपैयाँमा पाइनेछ। सात दिन भ्यालिडिटी भएको यो प्याकेज चैत ३०, वैशाख १ र वैशाख २ गरी तीन दिन मात्र किन्न पाइनेछ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411