​अपि पावरको २ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित

आईतवार, चैत्र २८, २०७२ साल,
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको विशेष साधारणसभाले १ बराबर २ अर्थात २०० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ । 

कम्पनीको सञ्चालक समितिले हकप्रद सेयर जारी गर्न हिजो चैत २७ गते विशेष सधारणसभा बोलाएको थियो । उक्त सभाले पुँजी बृद्धिका लागि हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीलाई अबको ५ बर्ष भित्र नेपालको एक ठूलो जलविद्युत विकास कम्पनी बनाउने उद्येश्यका साथ पुँजी बढाउनु परेको जनाएको छ । हाल १ सय करोड चुक्ता पुँजी रहेको कम्पनीको वोनस सेयर वितरणपछि पुँजी ३ सय करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले अहिले ८ मेगावाटको अपर नौगडगढ जलविद्युत आयोजना र ४० मेगावाटको माथिल्लो चमेलियाको निर्माण कार्यलाई समेत अघि बढाउने निर्णय गरेको छ भने ७५ मेगावाटको आयोजना निर्माण गर्न लागेको सिद्घकाली पावर कम्पनीको वहुमत सेयर किन्न लागेको छ ।

कम्पनीले हकप्रद सेयर जारी गरी उठाएको सेयर पूँजीबाट नूवाकोटको त्रिशुली गल्छीमा ७५ मेगावाट जलविद्युत आयोजना निर्माणका लागि प्रयोग गर्ने विज्ञप्तिमा जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411