​बैंकिङ समूहको १० वृद्धि हुँदा समग्र नेप्से ५ अंकले बढ्यो, ६७ करोड रुपैयाँको कारोबार

आईतवार, चैत्र २८, २०७२ साल,
काठमाडौं । बैंकिङ समूहमा आएको १०.७३ अंकको बृद्धिसँगै नेप्सेको समग्र परिसूचक ५ अंकले बढेको छ। यो अंकको बृद्धिसँगै बजारको परिसूचक १३ सय ८२ अंकमा पुगेको छ। बजारमा बलियो पकड भएका हाइड्रो र बिमा समूह ओर्लिएका छन्।
 
बिमा समूह ४६ अंक तथा हाइड्रो समूह ४.९७ अंकले घटेको छ। त्यस्तै होटल ५। ६१ अंकले घटेको छ। उत्पादन समूह २१ अंकले बढेको छ भने फाइनान्स र अन्य समूह झिनो अंकले बढेका छन्। 
 
यस दिन १ सय ३० कम्पनीको ११ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ। ति सेयरको किनबेचबाट ६७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ। 
 
यस दिन नविल बैंक संस्थापकतर्फको सेयर कारोबार उच्च भएको छ। सो कम्पनीको ६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै दोस्रो उच्च कारोबारमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। 
 
आगामी ३० गते एफपीओ सेयर बाँडफाँड गर्ने तयारी भएका बेला कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ५३ रुपैयाँले बढेको छ। यो मूल्य बढेसँगै कम्पनीको अन्तिम सेयर मूल्य १ हजार ९८ रुपैयाँमा पुगेको छ। 
 
नेपाल बंगलादेश बैंक तथा इन्भेष्टमेन्ट बैंककै संस्थापकतर्फको सेयर कारोबार पनि उच्च रह्यो। 
 
नाफा सेयर मूल्य बृद्धिदरका आधारमा प्रोग्रेसिभ फाइनान्स अग्रस्थानमा रह्यो । सो कम्पनीको ७.४३ प्रतिशतले मूल्य बढेको छ। सहारा विकास बैंक, वागमति डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ६ प्रतिशतभन्दा धेरैले बढ्यो। 
 
२ सय प्रतिशत अर्थात १ बराबर २ कित्ता हकप्रद सेयर निस्कासनको घोषणा गरेको अपि पावर कम्पनीको पनि सेयर मूल्य आज बढेको छ। हकप्रद सेयर लिने दाउमा सो कम्पनीमा पनि लगानीकर्ताको आकर्षण बढ्यो। प्रतिकित्ता १७ रुपैयाँले सो कम्पनीको मूल्य बढेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411