​नेपाल र नामिबियाबीचको खेलको टिकट इसेवाबाट, १ सय दरको टिकट बिक्री एक दिन अगावै बन्द हुने

शुक्रबार, चैत्र २६, २०७२ साल,
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तरगत आगामी बैशाख ४ र ६ गते नेपाल र नामिबियाबीच हुने खेलको टिकट इसेवाबाट किन्न पाइने भएको छ । अन्तराष्ट्रिस्तरको एकदिवशिय खेलका लागि आइसीसीले टिकट विक्री तथा व्यवस्थापनको आधिकारिक प्रतिनिधीका रूपमा इसेवा फोन पे प्रालि नियुक्त नियुक्त भएको छ ।

 नेपाल र नामिबियाबीच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा खेल हुदैछ । इसेवाले बिहीबारदेखि नै अनलाइन टिकट विक्री वितरणको काम सुरू गरिसकेकोे छ । 

सय रूपैयाँ मूल्य तोकिएको टिकट इसेवा एकाउण्ट भएका ग्राहकले सिधै इसेवामार्फत् अनलाइन टिकट खरिद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन, इसेवा पोइन्ट) मा गइ अनलाइन टिकट खरिद गर्न सकिनेछ ।

उपत्यकामा मात्र इसेवाका करिब ५ हजार जोन पोइन्ट छन् भने नेपालभर १७ हजार भन्दा धेरै जोन पोइन्ट रहेका छन् । कीर्तिपुर खेल मैदानको क्षमता सिमित भएकोले शुक्रबार अगाबै पनि टिकट बिक्री रोकिन सक्ने इसेवा फोन पेप्रालिका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताए ।

सन् २०१९ को विश्वकप छनोट खेल खेल्नका लागि नेपाल टप फोरमा पुग्नैपर्ने हुन्छ । यसकारण पनि यो खेल नेपालका लागि धेरै नै महत्वपूर्ण छ । घरेलु मैदानमै हुन लागेको महत्वपूर्ण खेलमा दर्शकको उत्साहजनक उपस्थिती तथा समर्थनले नेपाली टोलीलाई हौसला मिल्ने अपेक्ष गरिएको छ ।

नेपाल र नामिबिया बिचको खेल टिकट बिक्री वितरण एकदिन अगाबै बन्द हुने इसेवाले जनाएको छ । ‘सुरक्षाका कारण र आइसीसीको आग्रह अनुसार एकदिन अगाबै टिकट बिक्री रोक्न लागिएको हो’ अस्गर अलीले बताए ।

यसअघि पनि इसेवाले अष्टे«लियन खेलाडी फिलिप ह्युजको सम्मानमा आयोजित मैत्रीपूर्ण खेलमा सफलता पूर्वक अनलाइनबाट टिकट विक्री तथा व्यवस्थापन गरेको थियोे ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411