शेयर बेचेको पैसा चार दिन भित्र भुक्तान गरी सक्नु पर्ने, कुनै कमजोरी भएमा अब शेयर खरिद गर्ने र विक्री गर्नेलाई पनि जरिवाना

बिहीवार, चैत्र २५, २०७२ साल,
काठमाडौं । शेयर किनेको र बेचेको रकमको राफसाफ चार दिन भित्र स्वचालित प्रणाली अनुसार हुनुपर्नेमा सो नभएको भन्दै धितोपत्र बोर्डले सबै शेयर दलाल र लगानीकर्ताहरुलाई पूर्ण स्वचालित प्रणाली अप्नाउन निर्देशन दिएको छ ।

 स्वचालित कारोबार प्रणाली लागु भएपछि शेयर किनबेच भएको चौथो दिन भित्रमा राफसाफ हुनुपर्नेमा सो नभएको गुनासो आएपछि बोर्डले तीन वटा शेयर दलाल कम्पनीको कार्यालयमा निरीक्षण गरेको जनाईएको छ ।

बोर्डले क्रिष्टल कन्चनजंघा सेक्युरिटिज ब्रोकर नं ५०, कालिका सेक्युरिटिज ब्रोकर नं ४६ र प्राईमो सेक्युरिटिज ब्रोकर नं १६ को कार्यालयमा निरीक्षण गर्दा चौथो दिनमा शेयर बेचेको रकमको भुक्तानी नभएको पाईएको बिज्ञप्तिमार्फत जनाएको छ । 

शेयर बेचेको रकम कयौं दिनसम्म आफुले नपाएको भन्दै केही लगानीकर्ताहरुले उजुरी गरेपछि बोर्डले अनुगमन सुरु गरेको थियो । बोर्डले अब अरु शेयर दलालको कार्यालयमा पनि अनुगमन गर्ने संकेत दिएको छ ।

त्यसैगरी केही शेयर दलालहरुले आफुले शेयर किनिदिँदा लगानीकर्ताले समयमै रकम भुक्तानी नगर्दा समस्या भोग्नु परेको गुनासो गर्दै आएका छन् । 

यसरी समयमै रकम भुक्तानी नगरेमा शेयर किन्ने लगानीकर्तालाई जरिवाना हुने प्रावधान छ भने शेयर बेच्दा बेचिएको शेयर कित्ता डिम्याट खातामा नभएमा पनि जरिवाना लाग्ने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411