​आफै हिड्ने बाटो बनाएका एउटै गाउँका भूकम्पपीडितले पाए डेढ करोड रुपैयाँ

बिहीवार, चैत्र २५, २०७२ साल,
नुवाकोट । भूकम्पपीडितलाई राहतस्वरुप स्थानीयस्तरमा काम लगाई नगद रकम दिने कार्यक्रममा कामका लागि नगद कार्यक्रमअन्तर्गत मदानपुरका भूकम्पपीडितलाई रकम प्रदान गरिएको छ ।
 
बुधबार मदानपुर गाविसमा आयोजित कार्यक्रममा गाविसभरिका एक हजार ७०६ जना भूकम्पपीडितलाई रकम प्रदान गरिएको हो। कामका लागि नगद कार्यक्रमअन्तर्गत आफ्नै टोल–बस्तीको बाटो, सडक, सिँचाइ कुलो, विद्यालय मर्मत र निर्माण गर्ने काममा खटिएकालाई रकम प्रदान गरिएको स्थानीयवासी श्रीराम नेपालले जानकारी दिए।
 
भूकम्पपीडितलाई सहयोग पुर्याउने उद्देश्यले २० दिन काममा लगाइएको थियो। दिनको ४६० को दरले रकम प्रदान गरिएको हो । प्रतिव्यक्ति नौ हजार २०० रुपैयाँ प्रदान गरिएको थियो।
 
गाविसका कामका लागि नगद कार्यक्रमले एक करोड ५६ लाख ९५ हजार २०० रुपैयाँ प्रदान गरिएको हो । अक्सफामको सहयोगमा सञ्चालित कार्यक्रमको स्थानीय साझेदारका रुपमा  सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल कार्डसनले काम सञ्चालन गरेको थियो। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411